सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुधबार, १४ वैशाख २०७९, १२ : ०९
बुधबार, १४ वैशाख २०७९

मोरङको बुढीगंगा गाँउपालिका–३ शान्तिचोकमा मंगलबार कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बुढीगंगा गाँउपालिका–२ बगवनका अन्दाजी ३० बर्षीय शोभा राजवंशी रहेका छन् । 

बागमती प्रदेश ०१–०२७ च २२ ६६ नम्बरको कारको ठक्करबाट गम्भीर घाइते भएका राजवंशीको गंगाचोक स्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

राजवंशी सवार मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो साढे १ बजे कारले ठक्कर दिएको थियो । कार चालकलाई ईलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप