शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

बारामा ट्रक र जिप ठोक्किँदा एक जनाको मृत्यु

बुधबार, १४ वैशाख २०७९, ११ : २३
बुधबार, १४ वैशाख २०७९

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिकै गएराति ट्रक र जीप ठोक्किदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जिप चालक कलैया उपमहानगरपालिका–१५ बकुल्हारका २५ वर्षिय अजय सहनी रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

गएराति पौने १० बजे लु २ ख १९४२ नम्बरको ट्रक र ना ५ च २८७३ नम्बरको जीप ठोक्किएका थिए । दुवै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी चौकी पथलैयाले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप