बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लगातार घट्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बुधबार, १४ वैशाख २०७९, १० : ५५
बुधबार, १४ वैशाख २०७९

नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले निरन्तर ८ दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको जानकारी दिएको हो ।

वैशाख ५ गते सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता आजसम्म निरन्तर आठौं दिन सुनको मूल्य घट्दै प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

हिजो मंगलबार ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३०० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप