बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

राजु अर्याललाई सशस्त्रको एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

बुधबार, १४ वैशाख २०७९, ०९ : १३
बुधबार, १४ वैशाख २०७९

मन्त्रिपरिषद्ले सशस्त्र प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ । वैशाख ५ मा बढुवा समितिको वरीयता सूचीमा १ नम्बरमा रहेका डिआइजी अर्याललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्ले सो सिफारिसलाई सदर गरेको एकजना मन्त्रीले रातोपाटीलाई बताए ।

अर्यालको बढुवा सिफारिस विरुद्ध कुनै उजुरी परेको थिएन ।  एआईजीमा बढुवा गरेसँगै उनी भावी सशस्त्र प्रहरी महानिरीक्षक हुने भएका छन् । एआईजीमा बढुवामा अर्यालसँगै नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल प्रतिस्पर्धामा थिए ।

अर्याल र नारायणदत्त पौडेल २०५४ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । गौतम २०५२ वैशाखमा सेनाको सह–सेनानीमा भर्ना भएर सशस्त्र प्रहरीमा आएका हुन् । अर्याल २०७९ वैशाख १८ पछि आईजीपी नियुक्त हुनेछन् । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी वैशाख १८ मा अवकाशमा जाँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप