मोबाइल र मदिरासहित १० बिलासीका वस्तु आयातमा सरकारले लगायो रोक

सरकारले उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको हो ।
मन्त्रालयका अनुसार कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जिप, कार र भ्यानहरु, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल सबै प्रकारका खेलौनाहरु र खेल्ने तास आयातमा रोक लगाइएको हो ।
सरकारले आगामी असार मसान्तसम्मका लागि उक्त १० वस्तु आयातमा रोक लगाएको जनाएको छ । तर सरकारले चुरोट तथा सुर्तीजन्य वस्तु र कच्चा पदार्थ ल्याउन भने छुट दिएको छ । यस्तै हिराको औद्योगिक कच्चा पदार्थ ल्याउन पनि छुट दिइएको छ । यस्तै एम्बुलेन्स र शववाहन प्रयोजनका लागि गाडी ल्याउन प्रतिबन्धन लागू नहुने मन्त्रालयले जनाएको छ ।
कूटनीतिक नियोगका अधिकारीलाई भने उक्त १० वस्तु ल्याउन बन्देज लागू नहुने मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि याे प्रतिबन्ध लागू नहुने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वस्थ हावा स्वस्थ शरीर
-
बल्खु चोकमा भेला हुन थाले राप्रपाका नेता कार्यकर्ता, तस्बिरहरू
-
दीनानाथ शर्माको नेतृत्वमा माओवादी टोली चीन जाँदै
-
ज्ञानेन्द्र शाहको ह्याट्रिक गर्ने रहर
-
तीनकुनेको साइडइफेक्ट बल्खुमा : सुरक्षाकर्मीको उपस्थिति बाक्लो, तस्बिरहरू
-
ट्यारिफ मामिलामा ट्रम्पलाई घेर्दैछन् अर्बपतिहरू, निर्वाचनमा समर्थन गरेकाहरूले गर्न थाले विरोध