मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

रुबलमा भुक्तान नगरेको भन्दै रुसले पोल्याण्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गर्ने

बुधबार, १४ वैशाख २०७९, ०८ : ३५
बुधबार, १४ वैशाख २०७९

युक्रेन युद्धको बीचमा रुसले पश्चिमी देशहरु विरुद्ध ठूलो कदम चाल्ने भएको छ । पोल्याण्ड र बुल्गेरियाले रुसबाट आउने ग्यासको आपूर्ति एक–दुई दिनमा बन्द गर्ने बताएको हो ।

रुसको ग्यास आपूर्ति कम्पनीले यी देशहरूलाई रूबलमा तिर्नुपर्ने बताएको थियो । त्यसो गर्न असफल भएमा आपूर्ति बन्द हुने रुसले बताएको छ । दुवै देशले रुबलमा तिर्न अस्वीकार गरेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार युरोपेली युनियन र नेटोका यी दुई सदस्य राष्ट्रहरूलाई बुधबारदेखि ग्यास आपूर्ति बन्द गरिने रुसी कम्पनीले जानकारी दिएको ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना "गैर-सहयोगी राष्ट्रहरूले" डलरको सट्टा रुबलमा भुक्तान गर्ने घोषणा गरेपछि रुसले कुनै देशलाई आपूर्ति कटौती गर्न लागेको यो पहिलो पटक हो। रुसको आक्रमणपछि पोल्याण्डले आफ्नो छिमेकी राष्ट्र युक्रेनलाई समर्थन गर्दै आएको छ भने अमेरिका र अन्य पश्चिमी मुलुकबाट युक्रेनमा पठाइने हतियारको ट्रान्जिट पोल्याण्ड नै हो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप