आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

पुरानो हुँदैमा भत्काउनु पर्दैन घर

बुधबार, १४ वैशाख २०७९, ०५ : ५०
बुधबार, १४ वैशाख २०७९

पुरानो घरलाई भत्काएर सोही स्थानमा नयाँ घर निर्माण गर्ने सोच्दै हुनुहुन्छ ? पुरानो घर प्रबलीकरण गर्न मिल्ने वा नमिल्ने भन्ने बारेमा प्राविधिकलाई देखाउनुहोस् । प्राविधिकले मिल्ने सल्लाह दिएमा घर निर्माण गर्नुभन्दा प्रबलीकरण गर्दा एक तिहाइ कम खर्च गरे पुग्नुका साथै पुरानो घर उत्तिकै बलियो हुनेछ ।

नेपाल आवास पुनर्निर्माण परियोजनाअन्तर्गत भारतीय सरकारको सहयोगमा हरिहर भवनस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पस, संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडीपी) र भवन विभागको संयुक्त सहकार्यमा धक्का मापन (सक टेबल) परीक्षण गर्दा प्रबलीकरण गरिएको घर बलियो हुने प्रमाणित भएको छ । यस्तो परीक्षण पुल्चोक क्याम्पसमा गरिएको थियो । सक टेबल टेस्टका नेतृत्वकर्ता इन्जिनियर दिवस दाहालले यस्तो परीक्षण नेपालमा पहिलो पटक गरिएको बताउँदै भने, “घर पुरानो हुँदैमा भत्काउनु आवश्यक छैन । नयाँ बनाउन खर्च बढी लाग्छ तर प्रबलीकरण गरिएमा खर्च जोगिनुका साथै पुरानै घरलाई बलियो र सुरक्षित बनाउन सकिन्छ । यो प्रमाणित भएको छ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप