सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

दुई दर्जन कलाकर्मी एकसाथ सम्मानित

मङ्गलबार, १३ वैशाख २०७९, २१ : ४४
मङ्गलबार, १३ वैशाख २०७९

करिब दुई दर्जन कलाकर्मी एकसाथ सम्मानित भएका छन् । एक दशक भन्दाबढी समयदेखि नियमित प्रकाशन हुँदै आएको मिलाप राष्ट्रिय मासिकले मंगलबार राजधानीमा एक कार्यक्रमका बीच कलाकर्मीलाई एकसाथ सम्मान गरेको हो ।

नयाँ वर्ष २०७९ शुभकामना आदान प्रदानसहित सुरु भएको कार्यक्रममा ‘टिका–गोपाल गीत–संगीत विशेष सम्मान–२०७९’ संगीतकार सन्तोष श्रेष्ठले प्राप्त गरे, भने ‘मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान’ विशिष्ट कलाकार तथा निर्देशक मोहन निरौला, लय संग्रौला, विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार तथा निर्देशक गणेश सुवेदी, गीतकार वसन्त वित्यासी थापा, बरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, संगीतकार दीपक शर्मा, राजेन्द्र बजगाईं, साहित्यकार राधा भण्डारीलाई दिइयो ।

सोही समारोहमा हास्य कलाकार तथा लोकदोहोरी गायक गोकुल कँडेल, खेलाडी तथा प्रशिक्षक रामदास गोपाली, लोक गायक तथा मोडल देबबहादुर परियार (हिरा), नायक तथा कलाकार विनोद श्रेष्ठ, सञ्चारकर्मी व्यवसायी शिरीषा पौडेल, गायक तथा संगीतकार आशिष अविरल, निर्माता समाजसेवी यमप्रसाद श्रेष्ठ, चरित्र अभिनेता राजेश विशुराल, समाजसेवी सुमी राई लिम्बु, गीतकार यमलाल कँडेल, संगीतकार कृष्ण भारद्वाज, गायिका रानी शाक्य समेत सम्मानित भए ।

पूर्व रक्षामन्त्री भीमसेन दास प्रधान, पहिलो महिला छायाँकार तथा नेपाल टेलिभिजन बोर्ड सदस्य सबनम मुखिया, गीतकार संघका निवर्तमान अध्यक्ष वरिष्ठ गीतकार चुडामणी देवकोटा, रेडियो प्रसार सेवा   समितिका सदस्य तथा वरिष्ठ गायक सीताराम पोख्रेल, सञ्चारिका समूह नेपालकी अध्यक्ष विमला तुम्खेवालगायतले सम्मान प्रदान गरेका थिए । 

गायक तथा सङ्गीतकार शिशिर योगीको ‘यो देशमा म एउटा मान्छे खोजिरहेको छु....’ सांगीतिक प्रस्तुतिबाट सुरु भएको कार्यक्रममा गीतकार कृट क्षेत्री, गायक सरगम राई, गीतकार भुवन शर्मा कँडेल, गीतकार समिर खान, गायक भुवन प्यासी, संगीतकार विशाल ढकाल, गायक अलिप खान, संगीतकार रमेश पाठक,  गायिका मञ्जु कुमारी लावती, फिल्म तथा भिडियो सम्पादक दिनशन शाह, म्युजिक भिडियो निर्देशक केशवराज भट्ट, अधिवक्ता तथा गीतकार राजेन्द्र शर्मा, ध्वनी सम्पादक मनोज परियार र नृत्य निर्देशक गोविन्द प्रभातले समेत सम्मान थापेका थिए ।

लायन हरि दाहाललाई मिलाप कभर हस्तान्तरसमेत प्रदान गरिएको समारोहमा मिलाप फाउण्डेशनकी अध्यक्ष तथा मिलापकी कार्यकारी सदस्य गीता अधिकारी, मिलापका सम्पादक कृष्ण भुसाललगायतको उपस्थिती रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप