आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आयकर छुटको सीमा बढाउन सुझाव

मङ्गलबार, १३ वैशाख २०७९, २० : ५६
मङ्गलबार, १३ वैशाख २०७९

नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई आयकर छुटको सीमा बढाउनुपर्ने सुझाव दिएको छ । आगामी ‘आर्थिक वर्ष २०७८/७९ बजेट’माथि सुझाव दिँदै महासंघले आयकर छुट सीमा बढाउनुपर्ने बताएको हो ।

महासंघका अनुसार व्यक्तीगत आयकर छुट सिमा ७ र दम्पत्ति आयकर छुट सीमा ८ लाख पुर्याउनुपर्ने सुझाएको छ । महासंघको सचिवालयमा आयोजित राजश्व परामर्श समितिसँगको बजेट छलफल कार्यक्रममा व्यवसायीले यस्तो सुझाव राखेका हुन् ।

बैंक तथा वित्तिय संस्थाको आयकरको सिमा ३० प्रतिशतबाट घटाएर २५ प्रतिशतमा ल्याउनुपर्ने समेत महासंघको सुझाव छ । यसैगरी, निजी क्षेत्रले कमाउने नाफाको ४० प्रतिशत रकम कम्पनीको विस्तारमा लगानी गर्दा कर छुटको व्यवस्था गरिनुपर्ने समेत माग राखेको छ ।

यसैगरी, सेयर बजार र घरजग्गामा विदेशी लगानी खुला गर्नुपर्ने समेत महासंघको माग छ । महासंघका कर तथा राजश्व परामर्श समितिका सभापति सन्दिपकुमार अग्रवालले सेयर र घरजग्गामा विदेशी लगानी खुला गर्नुपर्ने सुझाव दिएका हुन् । उनका अनुसार सेयर र घरजग्गामा विदेशी लगानी खुला गरेमा विदेशी मुद्रा भित्र्याउन सहज हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप