कास्कीका पाँचवटै पालिकामा कूल एक हजार ४९१ उम्मेदवार

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका पाँचवटै पालिकाबाट प्रमुख तथा उपप्रमुखसहित सदस्यमा एक हजार ४९१ को उम्मेदवारी परेको छ ।
पाँचवटा स्थानीय तहमध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकामा ८०६ को उम्मेदवारी छ । महानगर प्रमुखमा २८ जना र उपप्रमुखमा ११ जनाको उम्मेदवारी रहेको जिल्ला निर्वाचन कार्यलय कास्कीले जनाएको छ ।
अन्नपूर्ण गाउँपालिकामा २०६ जनाको उम्मेदवारी परेकोमा पालिका अध्यक्षमा ११ जना र उपाध्यक्षमा पाँच जना छन् । त्यस्तै माछापुच्छ्रे गाउँपालिकामा १८७ जनाको उम्मेदवारी परेकोमा पालिकाको अध्यक्ष र उपाध्यक्षमा छ/छ जना उम्मेदवार छन् ।
मादी गाउँपालिकामा १७५ जनाको उम्मेदवारी रहेकोमा पालिकाको अध्यक्षमा पाँच र उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ भने रुपामा ११७ जनाको उम्मेदवारी परेको छ । रुपामा पालिकाको अध्यक्षमा तीन र उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आगामी आर्थिक वर्षको बजेट कस्तो चाहन्छ निजी क्षेत्र ?
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी
-
पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक
-
यातायातको सुविधासँगै मालिकाधुरी यात्रा सहज बन्यो