बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

आईएमएफ प्रतिनिधिले भने, '६ महिनाको विदेशी मुद्राको भण्डार सन्तोषजनक'

मङ्गलबार, १३ वैशाख २०७९, २० : १०
मङ्गलबार, १३ वैशाख २०७९

नेपाल चेम्बर अफ कमर्स र आईएमएफका प्रतिनिधिबीच मंगलबार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हाल मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको उल्लेख गर्दै विकास साझेदार संस्थाहरूले ऊर्जा,पर्यटन तथा कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने  बताएका छन् । 

आईएमएफका एशिया प्यासिफिक विभागका प्रमुख रबर्ट ग्रेगोरीको नेतृत्वमा नेपाल आएको प्रतिनिधि मण्डल र चेम्बर अफ कमर्सका पदाधिकारीहरू बीचको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मल्लले कोभिड-१९को प्रकोपको सन्दर्भमा आईएमएफले प्रदान गरेको सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै कृषिलाई प्राथमिकता दिन फुड बैंकको व्यवस्था हुनु पर्ने र दोहोरो अङ्कको आर्थिक वृद्धिको लागि एकल अङ्कको व्याज दर हुनु पर्नेमा जोड दिए । उनले साना तथा मझौला उद्यमहरूलाई आईएमएफ जस्ता संस्थाहरूबाट सहयोग प्रदान हुनु पर्ने जिकिर गरे । 

जवाफमा रबर्ट ग्रेगोरीले नेपालमा ६ महिनाको लागि विदेशी मुद्राको भण्डार रहेकोले सन्तोषप्रद रहेको बताउँदै  कोभिड नियन्त्रणको लागि गरिएको प्रयासको प्रशंसा गरेका थिए । उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, दीपक मल्होत्रा, दीपक श्रेष्ठ तथा सुरेन्द्र कुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप