मकवानपुर गोल्डकप जेठ १२ बाट
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता जेठ १२ बाट हुने भएको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघको मंगलबार बसेको बैठकले जेठ १२ गतेबाट मकवानपुर गोल्डकप फुटबलको आयोजना गर्ने निर्णय गरेको हो ।
फुटबल संघको आयोजनामा हुँदै आएको मकवानपुर जिल्ला लिग र गोल्डकपको मिति तोकेर पनि तयारी नपुगेको भन्दै सारिएको थियो । गोल्डकपको लागि मकवानपुरका १० वटै स्थानीय तहले बजेट विनियोजन गर्दै आएको छ ।
‘यस बर्षको मकवानपुर गोल्डकपको लागि हामीलाई सबै पालिकाले बजेट छुट्याएका छन् । स्थानीय तहको चुनावपछि गोल्डकप गर्ने तयारी थालेका छौं’, जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामाले भने, ‘निर्णय गरेर आवश्यक तयारी सुरु गरिसकेका छौं ।’
प्रतियोगितामा ए डिभिजन क्लबसहित आयोजक टिमको समेत सहभागिता हुनेछ । यस वर्षको मकवानपुर गोल्डकपको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म