बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल काँग्रेसबाट निष्कासित

मङ्गलबार, १३ वैशाख २०७९, १८ : ४३
मङ्गलबार, १३ वैशाख २०७९

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्ललाई पार्टीबाट निष्कासित गरिएको छ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा पार्टीको हितविपरीत काम गरेको भन्दै पार्टीको सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासित गरिएको हो ।

‘नेपाली काँग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई काँग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ’ पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धरा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ । प्रधानमन्त्री तथा काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला समेत रहेको डडेल्धुरामा मल्लले काँग्रेस वीपीभन्दै उम्मेदवारहरूलाई मनोनयन दर्ता गराएका थिए । यसका साथै उनले नेकपा एमालेसँग चुनावी तालमेल गरी अघि बढेका थिए ।

अमरगढी नगरपालिकामा एमाले र काँग्रेस विपी गठबन्धनबाट प्रमुखमा काँग्रेस वीपीका हरिप्रसाद भट्ट र उपप्रमुखमा एमालेका यज्ञराज अवस्थीले मनोनयन दर्ता गरेका थिए । अजयमेरु गाउँपालिकामा उपाध्यक्षमा काँग्रेस वीपीबाट रामचन्द्र ऐर, गन्यापधुरा गाउँपालिकामा काँग्रेस वीपीबाट अध्यक्षमा सुरेन्द्र माली, एमालेबाट उपाध्यक्षमा ईन्द्र महरा, भागेश्वर गाउँपालिकामा एमालेबाट रामबहादुर शाही र उपाध्यक्ष काँग्रेस वीपीबाट नरबहादुर ठकुराठीले मनोनयन दर्ता गराएका थिए ।

प्रधानमन्त्री देउवाका विशेष पात्र हुँदा मल्लले जिल्लाको पार्टी सभापति नेतृत्वसँगै २०७४ सालमा प्रदेशसभा निर्वाचनमा डडेलधुराबाट विजयी भई प्रदेशसभा सदस्य बनेका थिए । मल्ल पार्टीको १४ औं महाधिवेशनदेखि नै पार्टीका निर्णयविरुद्ध आवाज उठाइरहेका थिए । पार्टीको महाधिवेशनमा क्रियाशिल सदस्य वितरणमा जिल्लामा विवाद शुरु भएको थियो । उनले काठमाडौं पुगेर केही दिन धर्ना पनि दिएका थिए । देउवाले सो समयमा जिल्लामा एकलौटी ढंगले अधिवेशनमा सम्पन्न गराएका थिए ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा मल्लले पार्टीले एकलौटी ढंगले उम्मेदवार बनाए जिल्लामा विपी काँग्रेस खडा गर्ने धम्की समेत दिइसकेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप