रसुवामा एक जना उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी
![रसुवामा एक जना उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी](https://rpcdn.ratopati.com/media/albums/election-local-level-sthaniya-taha_NJiw0oJaw1.jpg)
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा एक जनाको दाबी विरोधको उजुरी परेको छ । मंगलबार तोकिएको दाबी विरोधको उजुरी उपर जिल्लामा एउटा मात्र उजुरी परेको हो ।
जिल्लाको उत्तरगया गाउँपालिकाको वडा नम्बर ३ मा नेपाली काँग्रेसबाट दलित महिला सदस्यका उम्मेदवार सुनिता सुनुवारविरुद्ध उजुरी परेको उत्तरगया गाउँपालिकाको निर्वाचन अधिकृत मुना अधिकारीले जानकारी दिइन् ।
सुनुवारको प्रतिस्पर्धी नेकपा एमालेका दलित सदस्यले दाबी विरोध उपर उजुरी गरेकी थिइन् । उनले उम्मेदवारी दर्ताको क्रममा सुनुवारले दलित भएको आधिकारीक पत्र पेस नगरेको भन्दै उजुरी दिएको अधिकारीले बताइन् । आएका दाबी विरोध उपरको उजुरीमाथि छानबिन गरिने समेत उनले बताइन् ।
उत्तरगया गाउँपालिका वडा नम्बर ३ मा एक जना दलित महिला सदस्यका लागि एमालेबाट एक र काँग्रेसबाट एक जनाले उम्मेदवारी दिएका छन् । जिल्लाको अन्य स्थानिय तहमा भने कुनैपनि उम्मेदवारविरुद्ध दाबी विरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको राष्ट्रपति पदमा सुधारवादी नेता मसुद पेजेस्कियान विजयी
-
उपत्यकाका खोला किनारमा प्रहरीको पेट्रोलिङ
-
बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध
-
दर्कियो पानी, उर्लिए बागमती र विष्णुमती (तस्बिरहरू)
-
पहिलो उपाधिको खोजीमा रहेका इङ्गल्यान्ड र स्विट्जरल्यान्ड आपसमा भिड्दै
-
पोखरा छिर्ने सबै सडक ठप्प, गण्डकीका ६ प्रमुख सडकमा पहिरो