आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विष्णु पौडेलसँग टकराव लिने डा. चापागाईँ बने वडा सदस्यको उम्मेदवार !

मङ्गलबार, १३ वैशाख २०७९, १८ : ०५
मङ्गलबार, १३ वैशाख २०७९

बुटवल उपमहानगरपालिकाको वडा सदस्यमा डा. बालकृष्ण चापागाईले उम्मेदवारी दिएका छन् । २०७४ सालको निर्वाचनमा एमालेका तत्कालीन महासचिव विष्ण पौडेलभन्दा आफू बैद्धिक र सामाजिक हिसावले माथि रहेको भन्दै मेयरको टिकट माग गर्दै उनले पत्रकार सम्मेलन नै गरेका थिए ।

उनले आफूलाई मेयरको टिकट नदिन पौडेलले पूर्वाग्रह राखेको आरोप लगाएको भिडियोसमेत त्यतिबेला भाइरल भएको थियो । अहिले एमालेले छाडेर नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्जसमेत रहेका डा. चापागाईले सोमबार मनोनयन दर्ताको अन्तिम समयमा बुटवल वडा नम्बर ४ को वडा सदस्यमा उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।

चापागाईँले यस पटक पनि बुटवलको मेयरका लागि लबिङ गरेका थिए । तर सत्तारुढ गठबन्धनबीचको भागबण्डामा आफ्नो पार्टीलाई मेयर पद नपरेपछि उनले वडा सदस्यमा उम्मेदवारी दिएका हुन् । ​पिएचडी गरेका र ३० वर्षभन्दा लामो समय पत्रकारितामा काम गरेका उनले आफ्नो पढाई र अनुभव स्थानीयस्तरमै बाँड्न उम्मेदवारी दिएको बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधी गरेका चापागाई प्रेस चौतारीको पूर्वकेन्द्रीय अध्यक्ष तथा राससको पूर्व कार्यकारी अध्यक्ष हुन् । बुटवलमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको गठबन्धन छ । जसको आधारमा मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप