पर्साको गाउँपालिका उपाध्यक्षमा मुख्यमन्त्री पत्नीसहित ११ जनाको उम्मेदवारी

पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी जलेखा खातुनसहित ११ जनाले उम्मेदवारी दिएका छन् । मुख्यमन्त्री राउत पत्नी खातुनले जनता समाजवादी पार्टी नेपालबाट गाउँपालिका उपाध्यक्षमा मनोनयन दर्ता गरेको सहायक निर्वाचन अधिकृत राज कुशहवाले जनाए ।
‘मुख्यमन्त्री पत्नी खातुनले उम्मेदवारीको पहिलो दिन नै तेस्रो नम्बरमा मनोनयन दर्ता गर्नुभएको हो,’ उनले भने । जगरनाथपुर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेका तर्फबाट मिरा देवी कुर्मी, नेपाली काँग्रेसबाट बबिता सिंह, माओवादी केन्द्रबाट शरीफ गद्दी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अनिता देवी र स्वतन्त्रबाट रविता देवी, रामबाबु राउत, अफरोज आलम, भागवत प्रसाद र सफरोज गद्दीले उम्मेदवार दिएका छन् ।
२०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट जालिम मियाँ मन्सुरी र उपाध्यक्षमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी फोरमबाट बिस्मिला खातुन विजयी भएका थिए । ६ वटा वडा रहेको जगरनाथपुर गाउँपालिकामा काँग्रेस र माओवादीले १÷१ वटा वडा र फोरमले ४ वटा वडा जितेको थियो ।
यसअघिको निर्वाचनमा नेकपा एमाले शून्य रहेको सो गाउँपालिकामा यसपटक एमालेले आफ्नो उपस्थिति देखाउन जोडबल गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गाउँपालिका अध्यक्ष जालिम मियाँलाई हालै एमालेमा प्रवेश गराएका छन् ।
प्रमुखमा जालिमका भाइ सलिमसहित १४ जनाको उम्मेदवारी
जगरनाथपुर गाउँपालिका अध्यक्षमा जालिम मियाँका भाइ सलिम मन्सुरले नेकपा एमालेबाट उम्मेदवारी दिएका छन् । गाउँपालिका अध्यक्षमा काँग्रेसबाट श्रीकान्त प्रसाद यादव, माओवादी केन्द्रबाट मालती उपाध्याय, जसपाबाट कृष्णमोहन प्रसाद यादव, लोसपाबाट आफताब मियाँ धुनिया, सीके राउत नेतृत्वको जनमत पार्टीबाट चन्दन चौहानले उम्मेदवारी दिएका छन् ।
त्यस्तै स्वतन्त्रबाट ८ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये सोवालाल महतो कोईरी, ईबराहीम अंसारी, गोपीचन राउत कुर्मी, मुस्तुफा आलम, कलिम मन्सुरी, चन्द्रशेखर प्रसाद यादव, अयुव अली अहमद र नुरहसन मियाँ छन् ।
६ वटा वडा रहेको गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदमा गरी जम्मा १९७ जनाले उम्मेदवारी दिएको अधिकृत कुशहवाले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा