इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
![इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश](https://rpcdn.ratopati.com/media/albums/processed-cac_HQSE0eafAV.jpeg)
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । तेहरानस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित समारोहमा इरानका गैरआवासीय राजदूतका रूपमा अधिकारीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
त्यसक्रममा राजदूत अधिकारीले इरानका राष्ट्रपतिको स्वास्थ्य, सुख, शान्ति र इरानका मित्रवत जनताको निरन्तर प्रगति एवं समृद्धिको कामना गरेका थिए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपाली जनताका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरेको इस्लामावादस्थित नेपाली राजदूतावासले मंगलबार जनाएको छ ।
राष्ट्रपतिले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपालका जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै आफ्नातर्फबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा र नेपाली जनतामा शुभकामना व्यक्त गर्न राजदूत अधिकारीलाई आग्रह गरेका छन् । राजदूत अधिकारीले नेपाल र इरानबीचको सम्बन्ध सधैँ आपसी विश्वास र सहयोगमा आधारित रहेको बताए ।
उनले नेपाल र इरान असंलग्न आन्दोलन, समूह ७७, संयुक्त राष्ट्रसङ्घलगायत अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा साझा सरोकारका विभिन्न विषयमा मिलेर काम गरिरहेको पनि बताए । राजदूत अधिकारीले नेपाल र इरानबीचको सम्बन्धलाई प्रगाढ बनाउन आफूले इमान्दार प्रयास गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
-
राजीनामा दिने सोचमा पुगेकै हुन् त क्यानडाका प्रधानमन्त्री ?
-
काठमाडौँमा जुवा खेलिरहेका १७ जना पक्राउ
-
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
-
सुरुङमार्गको ब्याजदर बढाउन जापानको प्रस्ताव
-
उपनिर्वाचनमा माओवादीको अस्वाभाविक मत वृद्धि : प्रचण्डको उत्साह कति स्वाभाविक ?