सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

डोजर प्रयोग गरेर एटिएम मेसिन चोरी, अनि के भयो... ?

मङ्गलबार, १३ वैशाख २०७९, १७ : ५६
मङ्गलबार, १३ वैशाख २०७९

भारतको महाराष्ट्रमा डोजर प्रयोग गरेर एउटा एटिएम मेसिन चोरी भएको छ । महाराष्ट्रको सांगली जिल्लाको मिरज तालुकास्थित आगरा चोकमा रहेको एक्सिस बैंकको एटिएम मेसिन चोरी भएको हो । चोरले डोजर ल्याएर एटिएम बुथको ढोका फुटाएको थियो । सो घटना सीसीटिभी क्यामेरामा कैद भएको थियो, जसको फुटेज सार्वजनिक गरिएको छ ।

अधिकारीहरुका अनुसार चोरले एटिएम बुथ फुटाउन ल्याएको डोजर पनि चोरी कै थियो । एउटा पेट्रोल पम्पबाट चोरले डोजर चोरी गरेर ल्याएको अनुसन्धानका क्रममा पत्ता लागेको जनाइएको छ । एटिएम मेसिन चोरी गर्ने क्रममा चोरले डोजर प्रयोग गरेर बुथ नै भत्काएको छ । चोरी भएको बेलामा उक्त मेसिनमा २७ लाख भारु रहेको बताइएको छ ।

सांगली प्रहरीका अनुसार घटनास्थलबाट केही पर एटिएम मेसिनको ‘क्यास बक्स’ भने बरामद भएको छ । चोरले उक्त बाकस फुटाउने प्रयास गरे पनि फुटाउन नसकेपछि छोडेर भागेको प्रहरीको भनाइ छ ।

अधिकारीहरुका अनुसार डोजर प्रयोग गरेर एटिएम मेसिन चोरी भएको भारतमै यो पहिलो पटक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप