आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायिक परीक्षण भए माधव नेपालको पार्टीले वैधानिकता पाउँदैन : महासचिव पोखरेल

मङ्गलबार, १३ वैशाख २०७९, १७ : ३६
मङ्गलबार, १३ वैशाख २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले पूर्व नेकपाको निरन्तरता भएको दावी गरेका छन् । मंगलबार काठमाडौँमा भएको एमाले सम्पर्क समन्वय कमिटीको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आज एमालेका नेता कार्यकर्ताका साथै माओवादीका नेता कार्यकर्तापनि एमालेमा भएकाले नेकपाको निरन्तरता एमाले भएको दावी गरेका हुन् । 

‘राजनीतिक रुपमा नेकपा एमाले नेकपाको निरन्तरता हो भन्यौँ’, महासचिव पोखरेलले भने, ‘एमाले र माओवादीका नेता कार्यकर्ता एमालेको साथमा हुनुहुन्छ ।’ उनले प्रचण्डले पूर्वमाओवादीको एउटा हिस्साको नेतृत्वमात्र गरेको दाबी गरे । साथै उनले माधव नेपालको पार्टीको न्यायिक परीक्षण गरे त्यसको वैधानिकता नहुने जिकिर समेत गरे । 

‘हामीले त्यो पार्टीले कानुनी वैधता प्राप्त गर्न सक्दैन भनेर अदालतमा चुनौती दिने खालको काम गरेका छौँ’, उनले अदालतको निर्णय प्रभावित गर्न अनेकौँ प्रपञ्च गरिएको आरोप समेत लगाए । ‘त्यसको मकसद के हो त भन्दा माधव नेपालको पार्टी  न्यायिक परीक्षण हुने हो भने त्यसले वैधानिकता पाउन सक्दैन भन्ने कुरा प्रमाणित नै छ’, महासचिव पोखरेलको भनाइ छ । उनले कम्युनिस्ट पार्टीहरूबीच केपी ओली नेतृत्वको एमालेले मात्रै एकता गर्न सक्ने पनि बताए ।

महासचिव पोखरेलले सत्तारुढ काँग्रेस आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको पनि बताए । काँग्रेससहितका सत्तारुढ दलहरूले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको उनको भनाई थियो । महासचिव पोखरेलले स्थानीय तह निर्वाचनको चुनावमा सत्तारुढ दलहरूले एमालेसँग पराजित हुने डरले चुनावी गठबन्धन गरेको उल्लेख गर्दै एमाले मुलुकको सबैभन्दा ठुलो शक्तिको रूपमा स्थापित भइसकेको जिकिर गरे । उनले सत्तारुढ दलहरूले स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन गर्दा नै निराशा प्रदर्शन गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप