बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

तनहुँमा काँग्रेस नेताहरुले दिए सामूहिक राजीनामा

मङ्गलबार, १३ वैशाख २०७९, १७ : ०८
मङ्गलबार, १३ वैशाख २०७९

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा काँग्रेस नेताहरूले धमाधम राजीनामा दिन थालेका छन् । टिकट वितरणमा असन्तुष्ट बनेका आकांक्षीहरूले राजीनामासँगै बागी उम्मेदवार दिएका हुन् । काँग्रेसबाट सधारण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहको नेकपा एमालेसँग तालमेल अर्कोतिर टिकट वितरणमा असन्तुष्टले धमाधम राजीनामा दिन थालेसँगै काँग्रेस चेपुवामा परेको छ ।

दमौलीमा मंगलबार पत्रकार सम्मेलन गर्दै व्यास नगरपालिकाको मेयरका आकांक्षी भए पनि टिकट नपाएका काँग्रेस तनहुँ जिल्ला कार्यसमितिका पूर्वसचिव विश्व बाँस्तोलासहितले सात जना नेताले राजीनामा दिएका छन् । शुक्लागण्डकी नगरपालिकाको मेयरका आकांक्षी महेश्वर भट्टराईले पनि राजीनामा दिएका छन् । उनी महासमिति सदस्य पनि हुन् । उनले सोमबार शुक्लागण्डकीको मेयरमा बागी उम्मेदवारीसमेत दिएका छन् । 

शुक्लागण्डकीका काँग्रेस नेता दिपेन्द्र पौडेल, ऋषिराम महतसहित व्यासका चुणमणि दाहाल, दीर्घा थापा र बाबुराम बगालेले पनि मंगलबार दमौलीमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिए । पौडेलले शुक्लागण्डकी नगरपालिका–३ को वडाध्यक्षमा, महतले वडा नम्बर ८ को वडाध्यक्षमा, दाहालले व्यास नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा र थापाले वडा नम्बर २ को वडाध्यक्षमा बागी उम्मेदवारी दर्ता गराएका छन् । 

व्यासको मेयरमा पुराना काँग्रेसका नेता बृषराज श्रेष्ठको पनि बागी उम्मेदवारी परेको छ । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा पनि काँग्रेस नेता मानकाजी श्रेष्ठले बागी उम्मेदवारी दिएका छन् । तनहुँमा काँग्रेसका कार्यकर्ताहरूले पैसामा टिकट वितरणको आरोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप