लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा पुरस्कार राशिमा वृद्धि, तीन स्रष्टा सम्मानित हुँदै
लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले पुरस्कारको राशि बढाउँदै यस वर्षका लागि तीन सम्मानका लागि स्रष्टाहरुको नाम चयन गरेको छ । साहित्यकला मन्दिरले साहित्य, कला, संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई विगत केही वर्षदेखि सम्मान गर्दै आएको छ । सोही क्रममा बैशाख १२ गते साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीको अध्यक्षतामा बसेको पूर्ण बैठकले सर्वसम्मतिबाट सम्मानित र पुरस्कृत हुने स्रष्टाहरुको नाम चयन गरेको हो ।
निर्णयअनुसार साहित्य र संस्कृतिका क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याउँदै आएका तेजेश्वरबाबु ग्वङ्गलाई सरस्वती सम्मान, इतिहास–अनुसन्धानमा लेखन तथा प्राध्यापनद्वारा विशिष्ट योगदान पु¥याउँदै आएका प्रा.डा. त्रिरत्न मानन्धरलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान तथा नेपाली वाद्यवादनका क्षेत्रमा अथक योगदान पुर्याउँदै आएका न्हुच्छेबहादुर डंगोललाई नारायण गोपाल सङ्गीत सम्मान प्रदान गरिने भएको छ ।
यसअघि यी सम्मानहरूको राशि ५१ हजार रहेकोमा यस वर्षदेखि उक्त रकम बढाएर १ लाख ५१ हजार पुर्याइएको छ । उक्त सम्मानहरू साहित्यकला मन्दिरको वार्षिकोत्सवको अवसरमा आयोजित स्रष्टासम्मान समारोहमा यही वैशाख २७ गते काठमाडौँमा प्रदान गरिने लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच
-
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा : कमल थापा
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजक समितिद्वारा वैद्यको दस्ताबेज अनुमोदन
-
युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजाने