बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रदेशसभाबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी

मङ्गलबार, १३ वैशाख २०७९, १६ : १५
मङ्गलबार, १३ वैशाख २०७९

नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित दीपेश थारुले  पदबाट राजीनामा दिएर बर्दियाको राजपुर नगरपालिको मेयरमा उम्मेदवारी दिएका छन् । गत वैशाख ९ गते राजीनामा बुझाएका थारुको आइतबार राजीनामा स्वीकृत भएको हो । 

मेयरको प्रचारमा व्यस्त रहेका थारु प्रदेशबाट भन्दा स्थानीय तहबाट अझ धेरै जनताको सेवा सकिने बताउँछन् । उनले भने, ‘नेपालको संविधानले प्रदेशलाई भन्दा धेरै अधिकार स्थानीय तहलाई दिएको छ । प्रदेशभन्दा यहाँबाटै धेरै काम गर्न सकिन्छ भन्ने ठानेर प्रदेशसभा छाडेर स्थानीय तहमा आएको छु ।’ उनी बर्दियाको २ क्षेत्रको (ख) बाट निर्वाचित भएका थिए । उनी नेकपा माओवादी केन्द्रबाट गठबन्धनबिना नै मेयरको लागि चुनावी मैदान उत्रिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप