वीरगञ्ज महानगरमा १५४ जनप्रतिनिधिका लागि ९१० जनाको उम्मेदवारी
वीरगञ्ज महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित १५४ जना जनप्रतिनिधिका लागि ९१० जनाको उम्मेदवारी दर्ता भएको छ । मंगलबार राति करिव १२ बजेसम्म भएको उम्मेदवारी दर्तामा महानगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडासदस्य, महिला सदस्य र दलित सदस्यमा गरेर ९१० जनाको उम्मेदवारी दर्ता भएको सहायक निर्वाचन अधिकृत जयप्रसाद काफ्लेले जानकारी दिए ।
महानगर प्रमुखका लागि ३० जना, उपप्रमुखमा १० जना, वडाध्यक्षमा २०२ जना पुरुष र ५ जना महिलाको उम्मेदवारी दर्ता भएको छ । साथै खुला सदस्यमा ३ जना महिलासहित ३५१ जना, महिला सदस्यमा १७१ र दलित महिला सदस्यमा १४१ जनाको उम्मेदवारी दर्ता भएको उनले रातोपाटीलाई बताए ।
बुधबार अपराह्न ५ बजेसम्म उम्मेदवारलाई मनोनयन पत्र फिर्ता लिनका लागि समय निर्धारण गरिएको छ । यो अवधिमा कसैले उम्मेदवारी फिर्ता नलिए प्रमुख÷उपप्रमुख सहित १५४ जना जनप्रतिनिधिका लागि ९१० जना उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।
महानगर प्रमुखका लागि सत्तारुढ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीबाट उम्मेदवारी परेको छ । यस्तै, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, बहुजन पार्टी, नेपाल सद्भावना पार्टी, विवेकशील साझा पार्टी र स्वतन्त्रसहित ३० जनाले महानगर प्रमुखमा उम्मेदवारी दिएका छन् ।
३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा प्रत्यक्ष निर्वाचित र कार्यपालिका सदस्यसहित १ सय ६२ जनाको पूर्ण नगरकमिटी रहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेले जनाएका छन् ।
२०७४ को निर्वाचनमा महानगरमा ६ वटा राजनीतिक दलले प्रतिनिधित्व गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती