शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार एक अर्बमा खुम्चियो

मङ्गलबार, १३ वैशाख २०७९, १५ : २४
मङ्गलबार, १३ वैशाख २०७९

सेयर बजार परिसूचक नेप्से मंगलबार पनि ओरालो लागेको छ । अघिल्लो दिन झण्डै ३५ अंकले घट्दै २३ सय ८६ अंकमा अडिएको नेप्सेमा आज पुनः १५ अंकको गिरावट आएको हो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १५.०२ अंकले घट्दै २३ सय ७०.९९ अंकमा झरेको छ । दोहोरो अंकले घटेको बजारमा आज कारोबार रकम समेत एक अर्ब ४ करोड रुपैयाँमा खुम्चिन पुगेको छ । आज १३ वटा उपसूचकहरु मध्ये सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक १.४९ प्रतिशतले घटेको छ भने, इनभेष्टमेन्ट समूह १.३९ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह १.०१ प्रतिशतले र फाइनान्स समूह ०.९९ प्रतिशतले घटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप