मुगुका वन अधिकृत थापासहित ६ जनाविरुद्ध अख्तियारको मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुमा कार्यरत वन अधिकृत भरत बहादुर बढ थापा, सवइन्जिनियर तथा निर्माण उपभोक्ता समितिका अध्यक्षसहित ६ जना उपर गैरकानुनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर गरेको छ ।
मुगुको सोरु गाउँपालिका वडा नंबर १, जवलधारास्थित काछदेखि छोटासम्म पदमार्ग निर्माण कार्य गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा हुँदै नभएको कामको समेत बढी मुल्याङ्कन गरी झुट्टा विल बनाई योजनाको विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरी फिल्डमा कार्य नगरी ८ लाख ८७ हजार ६५३ रुपैयाँ भष्टाचार गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् । डिभिजन वन कार्यालय, मुगुमा कार्यरत वन अधिकृत भरत बहादुर बुढ थापा, सव इन्जिनियर गोरसिंह वढुवाल र डिभिजन वन कार्यालय, मुगुमा तत्कालीन कार्यरत असिस्टेन्ट सवइन्जिनियर रविन्द्र शाहीले लागत इस्टिमेट अनुसार काम नभएकोमा हुँदै नभएको कामको समेत बढी मुल्याङ्कन गरी नापी किताब तयार पारेको अख्तियारको भनाइ छ ।
उनीहरुले झुट्टा विल समेत बनाई उपभोक्ता समितिसँग मिलेमतो गरी काम नै नभएको योजनाको विनियोजित रकम पुरै निकासा गरी ८ लाख ८७ हजार ६५३ रुपैयाँ बिगो कायम गरी वन अधिकृत भरत बहादुर बुढ थापा, सव इन्जिनियर गोरसिंह बढुवाल र डिभिजन वन कार्यालय, मुगुमा तत्कालीन कार्यरत असिस्टेन्ट सव इन्जिनियर रबिन्द्र शाही उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिम कैद र जरिवाना हुन तथा बिगोसमेत असुलउपर गरी नेपाल सरकारलाई दिलाई भराई पाउन मागदाबी लिइएको अख्तियारले जनाएको छ ।
यस्तै काछदेखि छोटासम्म पर्यटन पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव विसु नेपाली र कोषाध्यक्ष हरी बहादुर शाहीलाई पनि भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बमोजिम कैद र सोही रुपैयाँ बराबरको जरिवानाको मागदाबी लिई मुद्धा दायर गरिएको प्रवक्ता भण्डारीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा