हेटौंडामा आचारसंहिता विपरीत एमालेले बनायो सडकमा ‘सूर्य’
निर्वाचन आचारसंहिता विपरीत नेकपा एमालेले हेटौंडामा सार्वजनिक सडकमा आफ्नो चुनाव चिह्न अंकित तस्बिर बनाएको छ । नेकपा एमालेले निर्वाचन आचारसंहिता विपरीत सडकको बीचमा आफ्नो दलको चुनाव चिह्न ‘सूर्य’ को तस्बिर बनाएको हो ।
एमालेले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ स्थित कर्रामा सार्वजनिक सडकमा पेन्ट गरेर ‘सूर्य’ बनाइएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले ७५ ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ र मुद्रकको नामसहितको पर्चा वितरण गर्न बाहेक कुनै पनि पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले छाप्न वा प्रयोग गर्न वा गराउन पाइँदैन ।
मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दलहरुले निर्वाचन आचारसंहिता अनुसार भित्ते लेखनका कुनै पनि काम गर्न पाउने छैनन् । दलहरुले आचारसंहिता उल्लंघन गरेमा कारवाही हुने उनले बताए ।
‘निर्वाचन आचारसंहिताको पालना सबैले गर्नुपर्ने हुन्छ । भित्ते लेखन, तुल ब्यानरहरु छाप्न पाइँदैन । यदि त्यसो गरेको खण्डमा नियमानुसार कारवाही हुन्छ,’ उनले भने, ‘हेटौंडामा एमालेले सार्वजनिक सडकमा चुनाव चिह्न अंकित तस्बिर बनाउनु आचारसंहिता विपरीत छ । त्यसलाई तत्काल मेटाउने काम हुन्छ र नियमानुसारको प्रक्रियामा कारवाही हुन्छ ।’
एमालेले आचारसंहिता विपरीत काम गरेको भन्दै अन्य राजनीतिक दलले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती