बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

निर्वाचन लागेसँगै बैंकबाट धमाधम पैसा झिक्न थालियो, सातामै १० अर्ब बाहिरियो

मङ्गलबार, १३ वैशाख २०७९, १४ : ३६
मङ्गलबार, १३ वैशाख २०७९

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै निक्षेपकर्ताहरुले बैंकबाट धमाधम पैसा झिक्न थालेका छन् । जसका कारण पछिल्लो ७ दिनमा मात्रै बैंकबाट १० अर्ब रुपैयाँ बाहिरिन पुगेको हो । 

नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार वैशाख २ देखि ९ गतेसम्ममा २७ वटा वाणिज्य बैंकबाट १० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । उसो त यस्तो निक्षेप अघिल्लो हप्ताको दुई दिनमा नै १२ अर्बले बाहिरिन पुगेको थियो । 
बैंकर्स संघको रिपोर्ट अनुसार हाल (वैशाख ९ गतेसम्ममा) २७ वटा वाणिज्य बैंकहरुमा जम्मा ४३ खर्ब ६७ अर्ब रुपैयाँ मात्र निक्षेप रहेको छ । 

यद्यपि, निक्षेप घट्दै गर्दा यता समीक्षा अवधिमा बैंकहरुले कर्जा लगानी समेत सामान्य रुपमा घटाएको संघले जनाएको छ । अघिल्लो हप्ता अर्थात बैशाख २ गतेसम्ममा दुई अर्ब रुपैयाँले लगानी घटाउँदै ४१ खर्ब ९५ अर्ब कर्जा लगानी गरेका बैंकहरुले पछिल्लो हप्ता थप एक अर्बले कर्जा घटाउँदै ४१ खर्ब ९४ अर्ब रुपैयाँ लगानी गरेको संघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप