मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

मङ्गलबार, १३ वैशाख २०७९, १३ : ५४
मङ्गलबार, १३ वैशाख २०७९

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ स्थित चारदोबाटो चोकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । गएराति साढे १२ बजे गठ्ठाघरबाट नयाँथिमि तर्फ जाँदै गरेको बा. प्र.०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आएको बा ४ ख  ८५८१ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर स्कुटर चालक काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–६ घर भएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । स्कुटर पछाडि सवार म्याग्दीको बेनी नगरपालिका–४ घर भएका ३३ वर्षीय बिमल श्रेष्ठ घाइते छन् । 

रामेछापको दोरम्बा गाउँपालिका–४ घर भएका टिप्पर चालक ३६ वर्षीय तुल बहादुर सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप