नीताको फिल्म ‘ह्रस्व दीर्घ’, भित्रिए प्रदीप सिंह

अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले मिलेर निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा बलिउड फिल्म ‘गजनी’ का मुख्य भिलेन प्रदीप सिंह रावत पनि देखिने भएका छन् । नीताले सामाजिक सञ्जाल मार्फत् फिल्मको एक मुख्य भुमिकामा प्रदीप सिंह अनुबन्धित भएको जनाएकी हुुन् ।
विशेषगरी साउथ फिल्म अभिनय गर्दै आएका प्रदीपसँग नीताले भोजपुरी फिल्म ‘माही’ मा एकसाथ काम गरेकी थिइन् । फिल्ममा अभिनेता रावतको सकारात्मक र नकारात्मक दुवै भूमिकामा देख्न सकिने नीता बताउछिन् । ‘ह्रस्व दीर्घ’ मा साउथ इन्डस्ट्रीका अर्का एक चर्चित कलाकारलाई पनि अनुबन्ध गर्ने तयारीमा निर्माण टिमको छ । फिल्मलाई प्रतिष्ठित ओटीटी प्लेटफर्ममा रिलिज गर्ने उद्देश्यसहित नीता र हरिहरले भारतीय कलाकारलाई पनि फिल्ममा स्थान दिन लागेका हुनु ।
नेपाल र भारतमा छायांकन हुने बताइएको फिल्म नेपाली र हिन्दी भाषामै तयार हुनेछ । फिल्म चन्द्र पन्तले निर्देशन गर्न लागेका हुन् । आगामी असारदेखि छायांकन सुरु हुने फिल्ममा नीता र हरिहरको मुख्य भूमिका रहनेछ । सलोन बस्नेतको पनि अभिनय रहने फिल्म बलिउडका चर्चित छायांकार कविर लालले छायांकन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटलीकी प्रधानमन्त्रीले वामपन्थी नेताहरूलाई भनिन्– ‘पाखण्डी’
-
प्रतिपक्षमा रहेका पार्टीका दलित जनसंगठनको संयुक्त विरोधसभा
-
कोहलीको नाममा अर्को कीर्तिमान
-
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारको खेल
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा लम्साल नियुक्त
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० किशोरहरूको उद्धार