शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

काँग्रेसका युवा नेता गुरुराज घिमिरे राजनीतिबाट विदा हुने मुडमा

मङ्गलबार, १३ वैशाख २०७९, १८ : ००
मङ्गलबार, १३ वैशाख २०७९

नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट विदा दिने संकेत देखाएका छन् । पार्टीभित्र चरम गुटबन्दी भएको भन्दै मंगलबार विहान सामाजिक सञ्जालमार्फत सक्रिय राजनीतिबाट विदा दिने मुडमा पुगेको संकेत देखाएका हुन् ।

नेविसंघका पूर्व अध्यक्ष तथा पार्टीका पूर्व केन्द्रीय सदस्य घिमिरेले स्थानीय तह निर्वाचन सम्पन्न भएपछि सक्रिय राजनीतिबाट विदा हुने निर्णय लिने बताए । स्थानीय तह निर्वाचनका लागि पार्टीले उम्मेदवार छनोट गर्दा पहुँचका, शक्ति र व्यक्तिगत स्वार्थका आधारमा टिकट वितरण भएको घिमिरेको निष्कर्ष छ । 

‘स्थानीय तहको टिकट वितरण गर्दा अधिकांश साथीमाथि एकदमै अन्याय भयो।  मैले अन्याय भएको कुरालाई चुपचाप सहन सकिनँ,’ उनले भने, ‘अन्यायमा परेका साथीहरूका पक्षमा एक जना नेताले पनि बोल्नुभएन । त्यसैले सक्रिय राजनीतिबाट निष्क्रिय हुने मुडमा पुगेको हुँ ।’ 

काँग्रेस प्रदेश १ को संसदीय समिति बैठकले घिमिरे पक्षको बहिष्कारका बीच उम्मेदवार चयन गरिएको थियो । प्रदेशमा संसदीय समितिमा आफूले राखेको विमतिको केन्द्रमा नेतृत्वले आवाज उठाइ नदिने उनको गुनासो रहेको बुझिएको छ । पार्टीमा नेता शेखर कोइराला निकट घिमिरेले आफ्नो मतको स्वामित्व लिएर समूहले कुरा नउठाएको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप