बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अर्जेन्टिनासँग खेलेर चेलिनीले फुटबलबाट सन्यास लिने

मङ्गलबार, १३ वैशाख २०७९, १३ : २०
मङ्गलबार, १३ वैशाख २०७९

इटालीका अनुभवी डिफेन्डर जर्जियो चेलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् । ३७ वर्षीय रक्षक चेलिनीले जुनमा अर्जेन्टिनासँग इंग्ल्याण्डको वेम्वली रंगशालामा हुने खेलसँगै सन्यास लिने घोषणा गरेका हुन् । 

यसअघि नै युरोकप विजेता इटाली र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीच मैत्रीपूर्ण खेल हुने तय भएको थियो । सोमबार राति इटालियन सिरी ‘ए’ मा सासुओलोलाई २–१ अन्तरले पराजित गरेसँगै युभेन्ट्सका रक्षक चेलिनीले अन्तर्राष्ट्रिय खेलबाट टाढा रहने निर्णय लिएका हुन् । 

‘म राष्ट्रिय टोलीलाई वेम्वली रंगशालाबाट बिदाइ गर्न चाहन्छु,’ चेलिनीले  भनेका छन्, ‘जहाँ मैले युरोकप जितेर करियरको अनुभव बाढेको छु ।’  

जर्जियो चेलिनीले सन् २००४ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । त्यसयता उनले ११६ क्याप जितेका छन् । जसमा आठ गोलसमेत रहेको छ । 

यसैवर्ष कतारमा हुने फिफा विश्वकप–२०२२ मा इटाली स्थान बनाउन असफल भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप