सत्यमोहन जोशीलाई भानु सम्मान २०७९ प्रदान गरिने

नेपाल–भारत साहित्य महोत्सवको दोस्रो संस्करणमा वरिष्ठ संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीलाई भानु सम्मान २०७९ प्रदान गरिने भएको छ । नेपाल–भारत साहित्य महोत्सव आयोजक समितिका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
वैशाख १६ देखि १८ गतेसम्म आयोजना हुने सो महोत्सवमा वरिष्ठ साहित्यकारहरू प्राडा वासुदेव त्रिपाठी, प्राज्ञ वैरागी काइँला, मोदनाथ प्रश्रित, घनश्याम राजकर्णिकार, गणेश रसिक, प्राडा गोविन्दराज भट्टराई, डा. रामदयाल राकेश र डा. राजेन्द्र विमललाई भानु–तुलसी साहित्य सम्मान प्रदान गर्ने भएको छ ।
वरिष्ठ सर्जकहरू हिरण्यकुमारी पाठक, डा. गार्गी शर्मा, माया ठकुरी, प्राडा. उषा ठाकुर, डा. बेञ्जु शर्मा, प्राज्ञ उन्नति बोहरा शीला र पद्मावती सिंहलाई भानु–तुलसी साहित्य सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी भारतका साहित्यकार एवं मेरठ फेस्टिबलका आयोजक डा. विजय पण्डितलाई नेपाल सम्मान २०२२ तथा नेपाल–भारत साहित्य महोत्सव प्रथम संस्करणका अध्यक्ष साहित्यकार गणेश लाठलाई पनि सम्मान गर्ने भएको छ ।
सबै सम्मान आगामी २०७८ वैशाख १६ गते प्रदान गर्ने जानकारी महोत्सव सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाखा अधिकृत हित संरक्षण अभियानद्वारा राज्यव्यवस्था समिति सभापतिलाई तीन बुँदे ज्ञापन
-
चार सय वर्ष पुरानो सिवालय ओझेलमा
-
सातै प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटमा सर्वोच्चले मगायो ६ वर्षअघिको सरकारको निर्णय
-
सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने
-
डिजिटल वालेटमार्फत झण्डै १८ अर्ब अवैध रकम बैकिङ्ग च्यानलमा, २१ जनामाथि अनुसन्धान
-
रोजगारी सिर्जनादेखि विदेशी मुद्रा आर्जन गर्दै नेपाली चिया