‘एमालेको घोषणापत्रबाट काँग्रेसको लद्दु विद्यार्थीले चिट चोर्यो’

एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरू तानाशाह मनोवृत्ति भएको आरोप लगाएका छन् । मंगलबार मनमोहन अधिकारीको २३ औँ स्मृति समारोहलाई सानेपामा सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिस्ट नामका पार्टीहरू काँग्रेसको पखेटामुनि छिरेको बताए ।
‘अहिले यो गठबन्धनमा रहेकाहरू तानाशाह मनोवृत्ति नै मनोवृत्तिका मात्रै छन्’, ओलीले भने, ‘यिनीहरूको एकताको सूत्र एउटै हो एमाले । नेकपा एमालेतिर पुलुक्क हेरेपछि गुर्र कुदेर सबै एकै ठाउँमा पुग्छन् । फेरि त्यहाँ एकै ठाउँ बसेपछि डर्याङडुरुङ गरेर छरिन्छन् ।’ उनले काँग्रेसमाथि दया लागेको भन्दै कम्युनिस्ट नामका चल्लाहरूलाई चेपेर बसेको बताए । ‘माथि चिल आयो भने मुसो दुलोभित्र पसेजस्तो र आकाशमा चिल देख्दा चल्ला माउका पखेटामुनि पसेजस्तो,काँग्रेसका पखेटामा पसेका छन्’, ओलीको भनाइ छ । उनले नेपाली काँग्रेसको नेतृत्व र सरकार यस्तै भइरहे एमालेलाई सजिलो हुने भएकोले धन्यवाद दिनुपर्ने पनि बताए ।
उनले माओवादी पार्टी नभएको भन्दै केन्द्र भएको बताए । ‘माओवादी पार्टी होइन, माओवादी सेन्टर । त्यसले चुनावी घोषणापत्र नै निकालेन । काँग्रेसले निकालेकै छ, भइगयो भन्छ’, उनले माओवादीले के गर्छ भन्ने थाहा नै नभएको बताए । सत्ता गठबन्धनमा रहेका पार्टीहरूले निकालेका चुनावी घोषणापत्रबारे टिप्पणी गर्दै ओलीले काँग्रेसले निकालेको घोषणापत्रलाई ‘गालीपुराण’ को संज्ञा दिए । ‘पार्टीको घोषणापत्र यतिसारो बिसन्चो ?’, ओलीको भनाइ छ ।
उनले काँग्रेसले घोषणापत्रमा राष्ट्रपतिमाथि हमला गरेकाले ‘उसलाई सञ्चो छ कि छैन ?’ भनेर प्रश्न गरे । उनले एमालेमाथि गाली, संविधानका केही कुरा उतार र एमालेको घोषणापत्रको कपी गरेर काँग्रेसले लद्दु विद्यार्थीले चिट चोरेजस्तो रहेको टिप्पणी गरे । उनले जनताले काँग्रेसको घोषणापत्र नपढ्ने दाबी समेत गरे । काँग्रेसको घोषणापत्र कमसेकम एकपटक पढौँ भन्दै उनले त्यो पढेपछि काँग्रेस के हो भन्ने कुराले बताउने बताए । उनले सुशासन र लोकतन्त्रका बारेमा काँग्रेससँग कुनै योजना नरहेको बताए । उनले काँग्रेसको घोषणापत्रको पक्षमा कोही बुद्धिजीवीलाई लेखेर देखाउन चुनौती समेत दिए । उनले काँग्रेसले राजनीतिक क्यारेक्टर समेत गुमाउँदै गएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण
-
पाथीभरा केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने
-
बुधबारसम्म शिक्षकहरुका माग सम्बोधन हुन्छन् : सञ्चारमन्त्री
-
भारतीय पूर्वराजदूतहरूसँगको भेटघाटमा बाबुराम भट्टराईले के भने ?
-
आईपीएल : गिल र बट्लरको विस्फोटक ब्याटिङ, राजस्थानसामु २ सय १० रनको लक्ष्य