सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

मङ्गलबार, १३ वैशाख २०७९, १० : ५५
मङ्गलबार, १३ वैशाख २०७९

आज एक अमेरिकी डलरको बिक्री मूल्य १२३.०१ रुपैयाँ र खरिद मूल्य १२२.४१ रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै डलरको खरिद÷बिक्री मूल्य तोकेको हो । यस्तै, एक युरोको बिक्री मूल्य १३२.०१ रुपैयाँ तथा खरिद मूल्य १३१.३७ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जनाएको छ । यसका साथै, पाउण्ड स्टर्लिङको बिक्री मूल्य १५६.४१ रुपैयाँ तथा खरिद मूल्य १५५.६५ रुपैयाँ तोकेको छ ।

यता अष्ट्रेलियन डलरको बिक्री मूल्य ८८.०३ रुपैयाँ कायम हुँदा खरिद मूल्य ८७.६० रुपैयाँ कायम भएको जनाइएको छ । यसैगरी, सिंगापुर डलरको बिक्री मूल्य ८९.४८ रुपैयाँ छ भने खरिद मूल्य ८९.०५ रुपैयाँ छ ।

१० जापानी येनको बिक्री मूल्य ९.६० रुपैयाँ तोकिँदा खरिद मूल्य ९.५५ रुपैयाँ तोकिएको जनाइएको छ । यस्तै, १८.७२ रुपैयाँमा बिक्री भइरहेको चिनियाँ युवानको खरिद १८.६३ रुपैयाँमा भइरहेको छ भने ३२.७९ रुपैयाँमा खरिद भइरहेको साउदी रियालको खरिद ३२.६३ रुपैयाँ छ ।

यता कतारी रियालको बिक्री दर ३३.६८ रुपैयाँ कायम हुँदा ३३.५१ रुपैयाँमा बिक्री भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको खरिद मूल्य ३३.४९ रुपैयाँ छ भने बिक्री मूल्य ३३.३३ रुपैयाँ छ । यसका साथै, मलेसियन रिंगेटको बिक्री मूल्य २८.२४ रुपैयाँ तोकिँदा खरिद मूल्य २८.१० रुपैयाँ तोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप