सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतमा कोरोनाका २,४८३ नयाँ संक्रमित भेटिए

मङ्गलबार, १३ वैशाख २०७९, १० : २६
मङ्गलबार, १३ वैशाख २०७९

भारतमा मंगलबार कोरोना संक्रमितको संख्यामा साधारण कमी देखिएको छ ।

स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका २ हजार ४८३ नयाँ संक्रमित भेटिएका छन् । यस्तै यसको एकदिन अघि यो आँकडा साढे दुई हजार पार थियो ।

कोरोनाको उपचार गराइरहेका अर्थात् एक्टिभ बिरामीको आँकडा पनि कम भएको छ । भारतमा हाल कोरोनाका १५,६३६ सक्रिय संक्रमित छन् ।

पछिल्लो एक दिनमा १ हजार ९७० कोरोना संक्रमित स्वस्थ भएका छन् । दैनिक संक्रमण दर पनि घटेर ०.५५ प्रतिशतमा आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप