एभरेष्ट बैंकद्वारा कर्णाली प्रदेशको प्रादेशिक अस्पताललाई सहयोग

एभरेष्ट बैंकले कर्णाली प्रदेश अस्पताललाई मेडिकल उपकरण प्रदान गरेको छ । कर्णाली प्रदेशमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
साथै बैंकले केही महिना अगाडि लक्ष्मी पार्क बुटवलमा पार्कमा घुम्न आउने पर्यटकहरुको सुविधाका लागि निर्माण गरिएको शौचालय पनि हस्तान्तरण गरेको छ । एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ भने विभिन्न सामाजिक क्लब तथा संस्थाहरुलाई कल्याणकारी कार्यमा सहयोग गर्दै आएको छ । यस्तै कोपिला भ्याली स्कुलका विद्यार्थीहरुलाई ब्याग पनि हस्तान्तरण गरेको छ ।
हाल बैंकले ११५ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १४९ एटीएम र आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार सय वर्ष पुरानो सिवालय ओझेलमा
-
सातै प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटमा सर्वोच्चले मगायो ६ वर्षअघिको सरकारको निर्णय
-
सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने
-
डिजिटल वालेटमार्फत झण्डै १८ अर्ब अवैध रकम बैकिङ्ग च्यानलमा, २१ जनामाथि अनुसन्धान
-
रोजगारी सिर्जनादेखि विदेशी मुद्रा आर्जन गर्दै नेपाली चिया
-
खुम्बु क्षेत्रमा भारी हिमपात