शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् नवलपरासी उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरू

मङ्गलबार, १३ वैशाख २०७९, ०९ : ५३
मङ्गलबार, १३ वैशाख २०७९

नवलपरासीमा पनि दलका उम्मेदवारहरूले हर्साेउल्लासका साथ उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतहरूको कार्यालयले ठुला दलहरूलाई सोमबार मनोनयनको दोस्रो दिन उम्मेदवारी दर्ता गराउने तालिका तय गरेअनुसार जिल्लाका ठुला दलहरू हर्साेउल्लासका साथ आ–आफ्ना उम्मेदवारहरूको उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा उम्मेदवारी दर्ता निकै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

यस्तो छ जिल्लाको ७ वटै पालिकामा ठुला दलका प्रमुख उप प्रमुखका उम्मेदवारहरु : रामग्राम नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुखमा नरेन्द्र कुमार गुप्ता, उप प्रमुखमा आराधना भट्टले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै नेकपा एमालेको तर्फबाट प्रमुखमा धनपत यादव, उप प्रमुखमा लक्ष्मी क्षेत्री, जसपा माओवादी गठबन्धनको तर्फबाट प्रमुखमा गोविन्द चौधरी, उप प्रमुखमा शैलेन्द्र सहानी, लोसपाबाट प्रमुखमा हरिनारायण चौधरी, उप प्रमुखमा शोभा चौधरी, राप्रपाबाट प्रमुखमा रामभवन यादव, उप प्रमुखमा सम्झना चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् ।

यता सुनवल नगरपालिकामा नेपाली काँग्रेस–माओवादी केन्द्रको गठबन्धनको तर्फबाट प्रमुखमा काँग्रेसको तर्फबाट अर्जुन कुमार पोख्रेल, उप प्रमुखमा माओवादीको तर्फबाट लेखनाथ खरेलले उम्मेदवारी दर्ता गराए । त्यस्तै एमालेबाट प्रमुखमा विमला अर्याल, उप प्रमुखमा सूर्य दुबे, लोसपाबाट प्रमुखमा हरिनारायण कँवर, उप प्रमुखमा कलावती कवँरले उम्मेदवारी दिएका छन् ।  

बर्दघाट नगरपालिकामा काँग्रेस माओवादी गठबन्धनले प्रमुखमा काँग्रेसको तर्फबाट शम्भु श्रेष्ठ, उप प्रमुखमा माओवादीको तर्फबाट रुद्र प्रकाश उपाध्यायको उम्मेदवारी दर्ता गराएको छ । एमाले–जनमुक्तिको गठबन्धनले प्रमुखमा एमालेको तर्फबाट धीरज शर्मा बस्याल, उप प्रमुखमा तारा रानाको उम्मेदवारी दर्ता गराएको छ । लोसपा जसपा भने बर्दघाट नगरपालिकामा निल छ ।

पाल्हीनन्दन गाउँपालिकामा काँग्रेसको तर्फबाट अध्यक्षमा राजेन्द्र सहानी उपाध्यक्षमा सकिना फतिमा खातुन, माओवादीको तर्फबाट अध्यक्ष बैजु प्रसाद गुप्ता, उपाध्यक्षमा पावित्रीदेवी कोहारको उम्मेदवारी दर्ता भयो । त्यस्तै जसपाबाट अध्यक्षमा धरेन्द्र यादव, उपाध्यक्षमा मन्जु चौधरी, लोसपाबाट अध्यक्षमा मुकुरजी गिरी, उपाध्यक्षमा जलेखा खातुन र एमालेबाट अध्यक्षमा आफताब आलम अन्सारी, उपाध्यक्षमा रिङ्गला यादवले उम्मेदवारी दर्ता गराए  । पालिकामा राप्रपाबाट रघुनन्दनको पनि उम्मेदवारी दर्ता भयो ।

सरावल गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा अनिल कुमार गौड, उपाध्यक्षमा उत्तमा राय, एमालेबाट अध्यक्षमा सुखाडी चौधरी, उपाध्यक्षमा बासमती हरिजन, जसपाबाट अध्यक्षमा निर्मल यादव, उपाध्यक्षमा सुनिता हरिजन, लोसपाबाट अध्यक्षमा ईन्द्रकमल यादव, उपाध्यक्षमा श्यामकुमारी चौधरी, माओवादीबाट अध्यक्षमा सुभाअलि अन्सारी उपाध्यक्षमा जानकी चौधरीको उम्मेदवारी दर्ता भयो ।  सरावलमा अध्यक्ष पदका लागि स्वतन्त्र बाट राधेश्याम चौधरी, पन्चराम चौधरीको पनि उम्मेदवारी भएको छ भने उपाध्यक्षमा स्वतन्त्रबाट प्रदीप अग्रहरीको उम्मेदवारी भएको छ । राधेश्याम चौधरी पहिला पनि गाउँपालिका अध्यक्ष रहेको व्यक्ति हुन अहिले काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र लडेका छन् ।

प्रतापपुर गाउँपालिकामा अध्यक्षका लागि काँग्रेसबाट उमेशचन्द्र यादव, उपाध्यक्षमा मानकुमारी चौधरी, जनता प्रगतिशील पार्टीबाट अध्यक्षमा करम हुसैन उपाध्यक्षमा अन्जु कुमारी चौधरी, एमालेबाट अध्यक्षमा खेमनारायण चौधरी उपाध्यक्षमा थमसरा न्यौपाने, माओवादीबाट अध्यक्षमा धिरज त्रिपाठी, उपाध्यक्षमा टिकादेवी शर्मा, जसपाबाट अध्यक्षमा राजेश चौधरी उपाध्यक्षमा मनीषा कुमारी गुप्ताको उम्मेदवारी परेको छ ।

सुस्ता गाउँपालिकामा अध्यक्ष पदका लागि काँग्रेसबाट टेकनारायण उपाध्याय उपाध्यक्षमा गीता चौधरी, एमालेबाट अध्यक्षमा रामप्रसाद पाण्डे उपाध्यक्षमा ईन्द्र कुमारी थरुनी, जसबाट अध्यक्षमा लख्खु यादव उपाध्यक्षमा निर्मला चौधरी, माओवादीबाट अध्यक्षमा धर्मेन्द्र पन्जियार, उपाध्यक्षमा सुस्मा बनियाको उम्मेदवारी परेको छ ।

यी ७ वटै पालिकामा विभिन्न साना दल र स्वतन्त्रबाट पनि पालिका प्रमुख वडा अध्यक्ष लगायतका पदबाट थुप्रै उम्मेदवारी परेको पाइन्छ । अझै पूर्ण  विवरण आउन बाकी नै छ । जसपा सुनवल नगरपालिका, बर्दघाट नगरपालिमा निल छ भने लोसपा बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिमा निल छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप