शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बलिउडमा डेब्यू गर्ने तयारीमा सचिनकी छोरी

मङ्गलबार, १३ वैशाख २०७९, ०९ : ०४
मङ्गलबार, १३ वैशाख २०७९

सचिन तेन्दुलकरकी छोरी साराले छिट्टै बलिउडमा डेब्यू गर्ने तयारी गरेको भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार सारा फिल्ममा धेरै चासो राख्छिन् र ग्लामर संसारमा आफ्नो करियर बनाउन चाहन्छिन्। हाल, उनी एक व्यावसायिक मोडेल हुन् र अभिनयको सीप पनि सिकेकी छिन्।

साराले युनिभर्सिटी अफ लण्डनबाट मेडिसिन पढेकी छिन् । यसअघि उनले धिरुभाई अम्बानी इन्टरनेशनल स्कुलमा पढाइ गरेको थिइन् । उनी २४ वर्षकी भइन् । उनको इन्स्टाग्राम खातामा १९ लाख भन्दा बढी फलोअरहरू छन् जसमा बलिउड अभिनेता कार्तिक आर्यन, रणवीर सिंह, सारा अली खान, आलिया भट्ट र अन्य धेरै सेलिब्रेटीहरू छन् । साराले इन्स्टाग्राममा प्रायः आफ्नो ग्लामरस तस्विर, भिडियो यहाँ शेयर गर्छिन्।

सारा खासै हेडलाइनमा रहँदैनन्, त्यसैले उनको अभिनय कौशलबारे मानिसहरूलाई अझै थाहा छैन ।  साराका आमाबाबुले पनि उनको निर्णयमा समर्थन गर्छन् र छोरीको अभिनेत्री बन्ने निर्णयमा उनीहरूलाई कुनै आपत्ति छैन।

केही वर्षअघि पनि साराले बलिउड अभिनेता शाहिद कपूरसँग डेब्यु गर्ने खबर आएको थियो । तर, त्यसबेला सचिन तेन्दुलकरले खबरलाई खारेज गर्दै साराले अहिले आफ्नो पढाइमा ध्यान केन्द्रित गरिरहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप