बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मधुमेहका बिरामीले बिहान गर्नुहोस् यो एक काम, ब्लड सुगर नियन्त्रणमा रहने

मङ्गलबार, १३ वैशाख २०७९, ०७ : ५८
मङ्गलबार, १३ वैशाख २०७९

गर्मीको मौसम चलिरहेको छ र यो मौसममा मानिस यस्तो चिज खान रुचाउँछन् जसमा पानीको भरपुर मात्रा र शरीरका लागि आवश्यक पोषक तत्व समावेश होस् । गर्मीको मौसममा पाइने भिन्डीमा पनि यस्तै गुणकारी तत्व पाइन्छन् । भिन्डीको पानी पनि हाम्रो शरीरका लागि निकै फाइदाजनक मानिन्छ । विशेषज्ञका अनुसार भिन्डीको पानीले शरीरमा ब्लड सुगरलाई नियन्त्रणमा राख्ने काम गर्छ ।

शरीरका लागि कति फाइदाजनक छ भिन्डी ?

भिन्डीमा शरीरलाई फाइदा पुर्याउने पोषक तत्व हुन्छन् । यसमा फाइबर, भिटामिन बी सिक्स र फोलेटको भरपुर मात्रा हुन्छ । भिटामिन–बीले डायबिटिक न्यूरोपेथी बढ्नबाट रोक्छ र होमोस्स्टिाइनको स्तर पनि कम गर्छ जसलाई शरीरमा मधुमेहको एउटा प्रमुख कारण मानिन्छ । साथै, भिन्डी भित्र पानीमा घुलनशील फाइबर पाइन्छ जसलिे शरीरमा सुगरलाई स्थिर राख्छ ।

ब्लड सुगर कसरी रहन्छ नियन्त्रणमा ?

भिन्डी कम क्यालोरीको हुनुका साथै यो पानीमा घोलिने र नघोलिने फाइबरको पनि निकै राम्रो स्रोत हो । भिन्डीमा पाइने यो तत्वका कारण शरीरमा फाइबर निकै ढिलो गरी टुट्छ र रगतमा सुगर निकै ढिलो गतीमा रिलिज हुन्छ । यसैकारण भिन्डीले शरीरको ब्लड सुगरलाई नियन्त्रणमा राख्छ ।

यसबाहेक भिन्डीको ग्लाइसेमिक इन्डेक्स पनि निकै कम हुन्छ र कम ग्लाइसेमिक इन्डेक्स भएका तत्वले हाम्रो ब्लड सुगरलाई नियन्त्रणमा राख्छ । ‘अमेरिकन डायबिटिज असोसिएशन’ पनि मधुमेहका बिरामीका लागि भिन्डी एउटा निकै राम्रो विकल्प मान्छ ।

कसरी तयार गर्ने भिन्डीको पानी ?

स्वास्थ्य विज्ञका अनुसार भिन्डीको पानीले शरीरको ब्लड सुगरलाई नियन्त्रणमा राख्छ । यसका लागि सबैभन्दा पहिलो ५–६ वटा भिन्डीलाई राम्रोसँग धुनुहोस् । त्यसपछि चक्कूको मद्दतले भिन्डीलाई दुईवटा हिस्सामा लामो गरी काट्नुहोस् । एउटा भाँडोमा भिन्डीको काटिएको टुक्रालाई रातभरी पानीमा भिजाउनुहोस् र बिहान भिन्डीलाई निचोरेर पानी निकाल्नुहोस् । ब्लड सुगर नियन्त्रणमा राख्ने भिन्डीको पानी अब तयार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप