शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

युक्रेन संकट : रुसद्वारा मारियोपोलमा युद्धविरामको घोषणा

मङ्गलबार, १३ वैशाख २०७९, ०६ : ५०
मङ्गलबार, १३ वैशाख २०७९

रुसले मारियोपोलमा नागरिकलाई युद्ध क्षेत्रबाट बाहिर निकाल्नका लागि युद्धविरामको घोषणा गरेको छ । यद्यपि, युक्रेनकी उप–प्रधानमन्त्री इरिना वेरेशचुकले  उद्धारका लागि अन्तर्राष्ट्रिय ग्यारेन्टी आवश्यक रहेको बताएकी छिन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस यसै साता युक्रेन भ्रमणमा जाने भएका छन् । यसैबीच, भिन्नेसियाका गभर्नर सेरही बोर्जोभले रुसले महत्वपूर्ण स्थानहरुलाई निशाना बनाएको र यसैका कारण मृत्यु भइरहेको बताएका छन् ।

रुसको दोस्रो ठूलो सहर खार्किभ, पूर्वी डोनबास, पश्चिमी प्रान्त ल्भिभ र रिभ्नेमा पनि गोली चलेको खबर आएको छ । युक्रेनको वायुसेनाले खार्किभ क्षेत्रमा रुसी विमान खसालेको दाबी गरेको छ, यद्यपि पाइलट बाहिर निस्कन सफल भएका छन् ।

अर्कोतर्फ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीआईए र अन्य विदेशी गुप्तचर निकायले रुसमा आतंकवादी हमलाको योजना बनाएको आरोप लगाएका छन् ।

पुटिनले अमेरिका र युरोपले अनौठो कूटनीति गरिरहेको र युक्रेनमा हतियार पठाइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप