शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरपालिकामा ५६ जना मेयर र ३१ जना उपमेयरको उम्मेदवारी दर्ता

सोमबार, १२ वैशाख २०७९, २२ : ०४
सोमबार, १२ वैशाख २०७९

काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि ५६ जनाको र उपमेयर पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ ।  ५६ जना मेयरका उम्मेदवारमध्ये २१ जनाले दलका तर्फबाट र बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदवार रुपमा मनोनयन पत्र दर्ता गराएका छन् । उनीहरुमध्ये ८ जना महिला छन्  । उपमेयर पदमा उम्मेदवारी दिने ३१ जनामध्ये १२ जनाले दलका तर्फबाट र ९ जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन पत्र दर्ता गराएका छन् । उपमेयरका उम्मेदवारमध्ये १२ जना महिला छन् । 

स्थानीय तह सदस्य निर्वाचन २०७९ को दोस्रो दिनसम्ममा दलका प्रतिनिधि र स्वतन्त्रतर्फका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।  स्थानीय तह निर्वाचन २०७९ का कार्यक्रमअन्तर्गत हिजो र गरी २ दिन मनोनयन दर्ताको कार्यक्रम राखेको थियो ।

मनोनयनको पहिलो दिन मेयर पदका लागि १६ जनाले र उपमेयर पदका लागि १७ जनाले उम्मेदवारी दिएका थिए ।  मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाका अनुसार काठमाडौँ महानगरका ३२ वटा वडामध्ये हरेक २ वटाका लागि एउटा मनोनयन डेक्स राखिएको थियो । यसै गरी मेयर र उपमेयरका लागि छुट्टाछुट्टै २ वटा डेक्स राखिएका थिए । यी हरेक डेक्समा इन्टरनेट सुविधासहितका ल्यापटप राखिएका थिए । 

निर्वाचन आयोगका अनुसार काठमाडौँ जिल्लामा भएका पालिकाहरुमा जम्मा १ हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।  जसमा मेयर पदका लागि १२५ जनाले, उपमेयर पदका लागि ५७ जनाले, वडाध्यक्ष पदका लागि ३३४ जनाले, महिला सदस्य पदका लागि १९१ जनाले, दलित महिला सदस्य पदका लागि १२९ जनाले र सदस्य पदका लागि ४२६ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप