डोल्पाका तीन पालिकामा निर्विरोध निर्वाचित

कर्णालीको हिमाली जिल्ला डोल्पाका तीन वटा पालिकामा निर्विरोध नेतृत्व निर्वाचित गरिएको छ । जिल्लाका काईके, शे–फोक्सुण्डो र छार्कातोङ्सोङ गाउँपालिकामा अध्यक्षका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् ।
जसमा दुई पालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी)का छन् भने एकजना नेकपा एमालेका रहेका छन् । जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीका अनुसार काईके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका अंगतकुमार राना निर्विरोध निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा काँग्रेसका निमा बुढाका साथै वडा अध्यक्ष र वडा सदस्य गरी ३५ जना जनप्रतिनिधिहरु निर्विरोध निर्वाचित भएका छन् ।
छार्काताङ्सोङ् गाउँपालिकामा समाजवादीका सेनाङ गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा भने एमालेका कार्मा गुरुङको एकल उम्मेदवारी परेको थियो । शे–फोक्सुण्डो गाउँपालिकामा एमालेका धावासम्डुङ गुरुङ निर्विरोध निर्वाचित भएका छन् । यहाँका वडा नम्बर १,३,५,६,७ र ९ का वडाध्यक्षहरु क्रमशः जिक्मेछोइङ लामा, पेमागिर्मे गुरुङ, कार्मातार्के गुरुङ, रिग्जिन गुरुङ, पेमाछिरिङ गुरुङ र सार्के लामासहित अन्य सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !
-
महानगरबाट अहिलेसम्म ५२ हजार ७ सय ४० ले निःशुल्क कानुनी सेवा लिए : उपप्रमुख डंगोल
-
विवादकाबिच अभिनेत्री सुरक्षा पन्तले पोस्ट गरिन् अनौठो तस्बिर
-
सांसदहरूलाई कोष होइन, अधिकार सम्पन्न बनाउनुपर्छः विनोद चौधरी
-
नेपाल टी–१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण जेठमा
-
जोय थापाको अलराउन्ड प्रदर्शनमा एन्जल्स हार्टले विसडमलाई हरायो