सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरपालिकाको मेयरमा ३० जनाको उम्मेदवारी

सोमबार, १२ वैशाख २०७९, २१ : ५७
सोमबार, १२ वैशाख २०७९

स्थानीय तहको निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको मेयरमा ३० जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी मनोनयन दर्ताको समयभित्र मेयरमा ३० र उप मेयरमा १३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका डेस्क अधिकृत पुजन थपलियाका अनुसार भरतपुर महानगरको मेयरमा एमालेबाट विजय सुवेदी, नेकपा माओवादी केन्द्रबाट रेनु दाहाल (सत्तारुढ गठबन्धनको साझा उम्मेदवार)ले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, लोसपाबाट गणेश गिरी, विवेकशील साझाबाट प्रवीण काफ्ले, जनमोर्चाबाट भक्तिराम शर्मा, नेमकिपाबाट हरिप्रसाद दुवाल, नेकपा मालेबाट सूर्यप्रसाद रेग्मी, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङले पनि मेयरमा उम्मेदवारी दिएका छन् ।

यस्तै, मंगोल नेशनल अर्गनाइजेशनबाट टकबहादुर पुन मगर, राष्ट्रिय नागरिक पार्टीबाट पूर्णबहादुर गुरुङ, जनमत पार्टीबाट संजय कुमार ठाकुर, मौलिक जरोकिलो पार्टीबाट विनोद कुमार गिरी, राप्रपा नेपालबाट लक्ष्मण अधिकारी, उन्नत लोकतन्त्र पार्टीबाट दिपेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीबाट सुवोध परियार, सामाजिक एकता पार्टीबाट खेम प्रसाईले पनि मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

मेयरमा १४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । रुद्रप्रसाद सापकोटा, उद्धव अर्याल, रामकृष्ण वर्मा, सुमन अधिकारी, योगलाल श्रेष्ठ, जगन्नाथ पौडेल, कलप्रसाद कँडेल, दुर्गाप्रसाद शर्मा, हरिशरण श्रेष्ठ, रमेश भण्डारी, मिलन अधिकारी, मनित पाण्डे, यमकान्त शर्मा कँडेल र हरिशचन्द्र घिमिरेले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

भरतपुर महानगरको उपमेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट काँग्रेसका चित्रसेन अधिकारी, राप्रपाबाट हिमला गुरुङ, विवेकशील साझाबाट पुष्पा सापकोटा, जनमोर्चाबाट देवी शर्मा, नेकपा मालेबाट इन्दिरा शर्मा गौली, जनमोर्चाबाट मिना मगर, मंगोल नेशनल अर्गनाइजेशनबाट सुष्मा स्याङ्तान, राप्रपा नेपालबाट  कल्पना थापा, नेकपा माओवादी समाजवादीबाट कौशिला खत्रीले उम्मेदवारी दिएका छन् ।

उपमेयरमा रविचन्द्र अधिकारी, पवित्रा जोशी, चन्द्रबहादुर तामाङ र भोजराज कँडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप