डडेल्धुराका ७ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता, कहाँ कुन पार्टीका उम्मेदवार ?
डडेल्धुरा जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा सबै पदका लागि उम्मेदवारी दर्ता भएको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट डिल्लीराज जोशी र उपमेयरमा पार्वती झुकालले उम्मेदवारी दर्ता गरेका हुन्।
नेकपा एमाले र नेपाली काँग्रेस बिपी गठबन्धनबाट प्रमुखमा काँग्रेस विपीका हरिप्रसाद भट्ट र उपप्रमुखमा एमालेका यज्ञराज अवस्थीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतले जनाएको छ । यसैगरी नेकपा माओवादी केन्द्रबाट अमरगढीको नगर प्रमुखमा लक्ष्मण सिंह र उपप्रमुखमा शसी अवस्थी, नेकपा एकीकृत समाजवादीबाट नगर प्रमुखमा संगिता भण्डारी र उपप्रमुखमा भुवन पाठक, राप्रपाबाट गोविन्द खडायत नगर प्रमुखमा र उपप्रमुखमा कविता जोशीले मनोनयन दर्ता गरेको जनाइएको छ ।
जिल्लाको ठूलो परशुराम नगरपालिकाको नगरप्रमुख पदका लागि काँग्रेसबाट युवा नेता भरत जोशी, उपप्रमुखमा कलावती बोहरा, माओवादी केन्द्रबाट नगर प्रमुखमा शेरसिंह माल ‘डायमण्ड’ र उपप्रमुखमा बिमला महता, एमालेबाट नगर प्रमुख केशव बोहरा र उपप्रमुख गौमती पन्तले मनोनयन दर्ता गराएका छन् । एकीकृत सामाजवादीबाट परशुरामको नगर प्रमुखमा लालबहादुर दमाई र उपप्रमुखमा कमला धामीले मनोनयन दर्ता गराएका छन्। यसैगरी अजयमेरु गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा टेकराज पाण्डेय, उपाध्यक्ष बसन्ती पाल, एमालेबाट अध्यक्षमा पदम पाल, उपाध्यक्षमा काँग्रेस विपीबाट रामचन्द्र ऐर, माओवादी केन्द्रबाट अध्यक्षमा उमेशप्रशाद भट्ट (विकाश), उपाध्यक्ष कलावती भाँड, नवदुर्गा गाउँपालिकामा काँग्रेसबाट अध्यक्ष लक्ष्मी अवस्थी, उपाध्यक्ष निर्मला बिष्ट बोगटी, काँग्रेस विपीबाट अध्यक्ष गोकुल शाही, उपाध्यक्षमा एमालेबाट बीरबहादुर बिष्ट, एकीकृत समाजवादीबाट अध्यक्ष कबिन्द्र बहादुर बिष्ट, उपाध्यक्ष चन्द्रा रुपाली, माओवादी केन्द्रबाट अध्यक्ष धर्म बिक, विस्ना बोहरा, आलिताल गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा बलबहादुर गुरुङ, उपाध्यक्ष जला बोगटी, एमालेबाट अध्यक्ष मिन बोगटी, उपाध्यक्ष शान्ति भट्ट जोशी, माओवादी केन्द्रबाट अध्यक्षमा शेर पार्की, उपाध्यक्ष मन्जु रावल, एकीकृत समाजवादीबाट अध्यक्षमा तुलाराम बोहरा उपाध्यक्ष लक्ष्मी धामी, स्वतन्त्रबाट टेक खड्काले मनोनयन दर्ता गरेका छन् ।
गन्यापधुरा गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा ईन्द्र कार्की, उपाध्यक्ष ज्ञानु सेटी, एकीकृत समाजवादी अध्यक्षमा नरबहादुर बिष्ट, उपाध्यक्षमा माओवादी केन्द्रबाट चन्द्रबहादुर मल्ल, काँग्रेस विपीबाट अध्यक्षमा सुरेन्द्र माली, एमालेबाट उपाध्यक्षमा ईन्द्र महराले उम्मेदवारी दिएका छन् । यसैगरी भागेश्वर गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा हेमराज चटौत, उपाध्यक्ष पुष्पा ठकुराठी, एमालेबाट रामबहादुर शाही, उपाध्यक्ष काँग्रेस विपीबाट नरबहादुर ठकुराठी, माओवादी केन्द्रबाट अध्यक्षमा विष्णु पाण्डेय, उपाध्यक्षमा गीता भट्ट र स्वतन्त्रबाट विष्णु बहादुर ठकुराठीले मनोनयन दर्ता गरेका छन् । जिल्लामा विपी काँग्रेस र एमालेबीच तालमेल भएको छ भने अजयमेरु र गन्यापधुरामा माओवादी र समाजवादीबीच तालमेल गरेर उम्मेदवारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान