बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सदस्य–सचिवद्वारा कोषलाई आर्थिक सहयोग

सोमबार, १२ वैशाख २०७९, २१ : ०७
सोमबार, १२ वैशाख २०७९

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई सोमबार आर्थिक सहयोग प्रदान गरेका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य–सचिव दीपक श्रेष्ठलाई सदस्य–सचिव घिसिङले २ लाख ९ हजार १ सय १४ रुपैयाँ बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे । करिब ४ महिना बराबरको आफूले पाउने सुविधा वापतको रकम सदस्य–सचिव घिसिङले कोषलाई प्रदान गरेका हुन् ।

नेपाल सरकारले घिसिङलाई गत मंसिर १३ गते राखेपको सदस्य–सचिवमा नियुक्त गरेको थियो । घिसिङको नियुक्तिका साथै राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालले आफ्नो बर्खास्ती विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि सर्वोच्चको अल्पकालीन अन्तरिम अनुसार करिब ४ महिना सदस्य–सचिव घिसिङ राखेपमा अनुपस्थित थिए । सर्वोच्चले गत चैत २२ गते सिलवालको रिट खारेज गरेपछि सदस्य–सचिव घिसिङ पुनः राखेपमा फर्केका थिए । त्यही अनुपस्थित भएको अवधिको सुविधा वापतको रकम सदस्य–सचिव घिसिङले कोषलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले भने– ‘काम गर्न नपाएको अवधिको सुविधा लिन त्यत्ति सहज लागेन । खेलाडीकै हितलाई सम्झेर थोरै भएपनि कोष सहयोग होस् भनेर उपलब्ध गराएको हुँ । कोषलाई बलियो बनाउन कार्य योजना बनाउने छु । कोषलाई ठूलो बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्छ ।’

अध्यक्ष श्रेष्ठले सहयोगले सकरात्मक सन्देश प्रवाह गर्ने बताउदै यसले अरुलाई पनि कोषमा सहयोग गर्न आकर्षित गर्ने धारणा व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप