शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

चाँगुनारायणमा एमालेको प्रमुख पदमा महिला उम्मेदवार

सोमबार, १२ वैशाख २०७९, २० : ५१
सोमबार, १२ वैशाख २०७९

नेकपा एमालेले चाँगुनारायण नगरपालिकाको प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएको छ । निवर्तमान उपप्रमुख विना बाँस्तोलालाई एमालेले उपप्रमुख बनाएको हो । सोमबार खरिपाटीमा रहेको निर्वाचन कार्यालयमा प्रमुख पदमा बाँस्तोलाले उम्मेदवारी दर्ता गरेकी हुन् । सो नगरपालिकाबाट उपप्रमुख पदमा एमालेका रमेश बुढाथोकीले उम्मेदवारी दर्ता गरेका छन् । 

सूर्यविनायक नगरपालिकामा एमालेको तर्फबाट प्रमुख पदमा निवर्तमान नगरप्रमुख बाशुदेव थापा र उपप्रमुखमा सरिता भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन् । मध्यपुरथिमि निवर्तमान प्रमुख मदनसुन्दर श्रेष्ठ र उपप्रमुख उत्तरा नेपालले उम्मेदवारी दर्ता गराएकी छिन् । एमालेका जिल्ला अध्यक्ष बचन देउजाका अनुसार भक्तपुर नगरपालिकामा रविन्द्र लाछिमसु र रञ्जना खबुर्जाले उम्मेदवारी दर्ता गराएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप