कैलालीमा औलो परीक्षण शिविर सम्पन्न
![कैलालीमा औलो परीक्षण शिविर सम्पन्न](https://rpcdn.ratopati.com/media/albums/aaulo_TsJmVRajRq.jpg)
विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यलय कैलालीको आयोजनामा लक्षित समुदायका व्यक्तिहरुको लागि औलो परीक्षण शिविर सम्पन्न गरिएको छ । विश्व औलो दिवस २०२२ को “औलोको भार कम गर्न नयाँ पनमा जोड दिऔं र जीवन बचाऔँ’ भन्ने नाराका साथ स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा औलो जोखिम क्षेत्र, सीमान्तकृत समुदाय, सेवाको पहुँचमा नभएका व्यक्तिहरुको लागि धनगढी जुगेडास्थित इट्टा उधोगहरु र वडा नं.१० जुगेडा राना गाउँमा औलो परीक्षण गरेको हो ।
१० गतेदेखि १२ गतेसम्म गरि तिन दिन स्वास्थ्यकर्मीहरुको टोलीले औलो परिक्षण गरेको हो ו प्राय गरी औलोका विरामीहरु भारतबाट त्रिनगर सिमा नाका भएर भित्रिने गर्दछन् । आव २०७७/२०७८ मा नेपालमा ३७७ जना औलोका विरामी थिए त्यस्तै सुदूरपश्चिम प्रदेशमा २२३ जनामा १०१ जना कैलालीमा थिए ו उनीहरुमा स्थानीय विरामीहरु नेपालभरी ६६ जनामध्ये सुदूरपश्चिममा ३९ जना र कैलालीमा ४ जना रहेका थिए ו आव २०७७/०७८ अनुसार कैलालीको गोदावरी नगरपालिकामा सवैभन्दा बढी विरामी २१ जना रहेका थिए ו अहिलेको यो चालु आव को वैशाख ११ गतेसम्म पनि ३४० जना देशभरी छन् भने सुदूरपश्चिम प्रदेशमा १२६ जना र कैलाली जिल्लामा ६७ जना रहेका छन् ו
कैलाली जिल्लाका ६७ जना मध्ये २ जना स्थानीय विरामी गोदावरी नगरपालिकाका रहेका छन् ו नेपाल सरकारको सन् २०२५ मा औलो विहिन राष्ट्र बनाउने लक्ष्य लिएको छ । नेपाल सरकारले औलो निवारणको लागि सन् २०१४ – २०२५ को रणनैतिक योजना अनुसार काम गरिरहेको छ ו त्यस्तै त्रिनगर हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीहरु तथा अन्य सरोकारवाला संघसंस्थासँग अन्तरक्रिया कार्यक्रम गरेको छ । स्वास्थ्य कार्यालय कैलालीका हेल्थ असिस्टेन्ट मिन बहादुर धामी लगायत स्वास्थ्यकर्मीहरुको टोलीद्वारा चेक जाच गरिनाका साथै अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ו तिन दिनसम्म औलो परीक्षण गरिएको जम्मा ६६५ जना सबैलाई औलो नदेखिएको जनाइएको छ ו
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार