भारतमा गाउँलेको हत्या गरेर फर्केका युवक पुर्पक्षका लागी थुनामा
भारतमा चौकीदारी गरेर बसेका बाजुराको बुढीगंगा नगरपालिका–७ घर भएका ३८ वर्षीय मंगल सिंह भनिने मंगले लुहारको हत्या भयो । २०७८ फागुन १६ मा राति ३ बजेतिर नयाँ दिल्लीको चाँदनी चोकमा सुतिरहेका मंगलेको हत्या भएको थियो ।
हत्यामा संलग्न आरोपमा बुढीगंगा–७ कै १९ वर्षीय युवक देवेन्द्र बहादुर लुहार उर्फ देवेन्द्र विकलाई प्रहरीले नियन्त्रणमा लियो । २०७८ चैत १६ मा बाजुरा प्रहरीले बाजुरा जिल्ला अदालतबाट म्याद लिएर हत्याबारे अनुसन्धान गरेको थियो ।
सोमबार बाजुरा जिल्ला अदालतले देवेन्द्र विकलाई पुर्पक्षका लागी कारागारमा थुनामा पठाउन आदेश गरेको छ । अपराध संहिता–२०७४ ले विदेशमा भएका अपराधमा पनि जाहेरी लिन र अनुसन्धान गर्न मिल्ने व्यवस्था गरेसँगै दिल्लीमा भएको हत्याबारे नेपालमा मुद्दा चलेर आरोपी थुनामा गएका हुन् ।
कञ्चनपुरको गड्डा चौकी हुँदै भारतमा गएर घरको ग्यालरीमा सुतिरहेका मंगलेलाई काठको मुङ्ग्राले हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रहरीको इन्टरपोल शाखासँगको सहकार्यमा भारतीय प्रहरीबाट हत्यासँग सम्बन्धित प्रमाण र अनुसन्धानात्मक कागजात सङ्कलन गरिएको बाजुराका डिएसपी चतुर्भुज ओझाले रातोपाटीलाई बताए ।
आरोपीले ‘पुरानो रिसिइबी’का कारण भारतमा गएर हत्याको मौका कुरेर मध्यरातमा सुतेको बेला हत्या गरेको बयान दिएका छन् । घटनाबारे मृतकका छोराले चैत १५ मा जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’