जेठ २ गतेदेखि त्रिभुवन विमानस्थल २४ सै घन्टा सञ्चालन हुने
अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल आगामी जेठ २ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ । हाल दैनिक १८ घण्टा मात्र सञ्चालन हुँदै आएको विमानस्थललाई जेठ २ गतेदेखि पूर्णरूपमा २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।
हालै सम्पन्न गौतम बुद्ध विमानस्थलको समेत जेठ २ गतेबाटै व्यवसायिक उडान सुरु गर्न लागेको प्राधिकरणले देशका सबैजसो विमानस्थललाई सुचारु राख्न लागेको हो । सोमबार साझ आइकाओको अडिट रिपोर्ट सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थलका साथै तराई क्षेत्रका अन्य आन्तरिक विमानस्थलहरु समेत अब दैनिक १८ घण्टा सञ्चालनमा ल्याइने जनाएको छ ।
यी विमानस्थल यही वैशाख १५ गतेदेखि दैनिक १८ घण्टा सञ्चालन हुनेगरी छ घण्टा थप गर्न लागिएको प्राधिकरणका प्रवन्ध निर्देशक प्रदिप अधिकारीले जानकारी दिए । यसले अहिलेको हवाई ट्राफिक लोडलाई कम गर्नुका साथै यात्रुहरुलाई थप सुविधा पुग्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या