आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

उद्योग मन्त्रालयको बजेट – साढे २५ हजारलाई रोजगारी सृजना, पेट्रोलियम पाइपलाइन विस्तार

सोमबार, १२ वैशाख २०७९, १९ : १६
सोमबार, १२ वैशाख २०७९

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साढे २५ हजारलाई रोजगारी सृजना गर्ने कार्यक्रम ल्याउने जनाएको छ । आज अर्थमन्त्रालयमा भएको बजेटसम्बन्धी छलफलमा उद्योग मन्त्रालयले यस्तो जानकारी दिएको हो ।

साेमबार दिउँसो भएको छलफलमा उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले आगामी आर्थिक वर्षको प्रस्तावित कार्यक्रममा रोजगारीमुखी कार्यक्रम ल्याउने जानकारी दिए । यस्तै, नयाँ ठाउँमा विशेष औद्योगिक क्षेत्र स्थापना गर्ने तथा सञ्चालनमा रहेका औद्योगिक क्षेत्रलाई क्षेत्रलाई मर्मत सम्भार गर्ने कार्यक्रम बजेटमा समेटिन् बताइएको छ । 

यसैगरी, भारतबाट भूमिगतरूपमा पेट्रोलियम पदार्थको आयात गर्न पाइपलाइन विस्तार गर्ने लगायतका कार्यक्रम समेत उद्योग मन्त्रालयको प्रस्ताव छ । छलफलमा अर्थमन्त्री शर्माले निर्यात प्रतिस्थापनका लागि उत्पादन वृद्धि र रोजगारी सृजनाका कार्यक्रम थपेर ल्याउन आग्रह गरेका थिए । 

कुन क्षेत्रका उद्योगले कति उत्पादन वृद्धि र कति रोजगारी सृजना गर्छन् भन्ने तथ्यांकसहित अर्को बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्माले निर्देशन दिए । समयमै किसानको धान सरकारले किनेर उत्पादन वृद्धिको लक्ष्य हाँसिल हुने गरी कार्यक्रम प्रस्ताव गर्न बाणिज्य तथा आपूर्ति सचिव पाण्डेलाई उनले निर्देशन दिए ।

यस्तै, छलफलमा उद्योग मन्त्री बडूले निर्यात हुने वस्तुको उत्पादन वृद्धिका लागि सम्बन्धित मन्त्रालयहरूको संयुक्त कार्यदल बनाएर काम गर्नुपर्ने प्रस्ताव गरेका थिए । ‘स्वदेशी वस्तुको उत्पादन वृद्धिमा संलग्न निकायको एउटा एकीकृत संयन्त्र बनाउनुपर्छ । यसै वर्षबाट यस्तो संयन्त्र बनाई काम शुरु गरौं’ उनको प्रस्ताव थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप